FLASH NEWS
  • Loading...

नेपालमा पहिलो समलिङ्गी विवाह लमजुङमा दर्ता

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २३२ पटक पढिएको
नेपालमा पहिलो समलिङ्गी विवाह लमजुङमा दर्ता

गण्डकी प्रदेशको लम्जुङ जिल्लामा नेपालकै पहिलो समलिङ्गी विचको विवाह दर्ता भएको छ ।
लम्जुङको दोर्दी गाउँपालिका, २ वडा कार्यालयमा बुधवार सोही गाउँपालिका, २ कै ४१ बर्षिय रामबहादुर (मायाँ) गुरुङ (दुलही) र पूर्वी नवलपरासीको कावासोती नगरपालिका, ८ का २६ बर्षिय दुलाह सुरेन्द्र पाण्ड विचको समलिङगी विवाह दर्ता भएको हो ।
पाण्डे र गुरुङ वीच ०७४ सालमै हिन्दु परम्परा अनुसार विवाह भएपनि कानुनी मान्यता पाएको थिएन । बुधवार दोर्दी गाउँपालिका, २ वडा कार्यालयले अभिलेख रहनेगरी समलिङगी विवाह दर्ता जारी गरिदिएको हो । स्थानिय पञ्जिकाधिकारी रन्जु विश्वकर्माले हस्ताक्षर रहेको विवाह दर्ता प्रमाण पत्रमै ‘नोट’मा भनेकी छिन, ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह सूचिभरी अभिलेख रहनेगरी विवाह दर्ता जारी गरिएको’ ।


यस अघि सम्बन्धित कानुनको संशोधन गर्दै सर्वोच्च अदालत गत असार ६ गते समलिङ्गी विवाह मान्यता दिने अन्तरिम आदेश दिएको थियो ।
गुरुङ पारलैङ्गीक महिला हुन । कानुनले उनलाइ पूरुषका रुपमा चिन्दछ । पाण्डे पनि पुरुष नै हुन । यस अघि उनीहरुले काठमाण्डौ जिल्ला अदालतमा पहिलो विवाह दर्ता गराउन खोजेका थिए तर काठमाण्डौ जिल्ला अदालतले एक जना कानुनी पुरुष र एक जना कानुनी महिला नभएकोले भन्दै जोडिलाई मान्यता दिन आवश्यक नभएको भन्दै उनीहरु विचको समलिङगी विवाह दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनीहरु पाचन उच्च अदालतहुँदै सवोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले मातहत अदालतले प्रधानमन्त्री र मन्त्रीपरिषदको कार्यालयको नाम तोकेरै यस्ता समलिङगी विवाह दर्ता गर्नु अघि कानुन संशोधन गर्नु संघीय सरकारको दायित्व भएको भनी फैसला सुनाएको थियो ।