FLASH NEWS
  • Loading...

रुस-युक्रेन युद्धमा रूसी सेनामा भर्ति भएका अर्का नेपालीकाे पनी मृत्यु

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २३३ पटक पढिएको
रुस-युक्रेन युद्धमा रूसी सेनामा भर्ति भएका अर्का नेपालीकाे पनी मृत्यु

रूसी सेनामा भर्ति भएका अर्का एक नेपालीका पनी युद्धमा मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिकाका, ६  सुनारपानीका ३५ वर्षीय राजकुमार रोका रहेका छन। राेकाका गत कात्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तजनले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएका हुन । राेका नेपाल प्रहरीकाे जागिर छाेडेर दुई महिना अघि मात्र रुस गएका थिए ।

रूस-युक्रेन युद्ध क्रममा रूसी सेनामा भर्ति भएका तीन जना नेपालीकाे मृत्यु भैसकेकाे छ । एक नेपाली युक्रेनी सेनाले कब्जामा लिएकाे भिडियाे सार्वजनिक गरेकाे थियाे । रूस-युक्रेन युद्धमा दोलखाको मेलुङ गापा, ६ सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो । उनीहरुको गत कात्र्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हिजो मात्रै खबर पाएका छन् ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।