FLASH NEWS
  • Loading...

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १४७ पटक पढिएको
मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले शिलन्यास गरेका छन ।

क्याम्पस प्रमुख पितमबहादुर खत्रीका अनुसार कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे रहने छन । भवन आगामी चैत्र महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । क्याम्पसको प्रशासनीक भवनको ३ तलेको डिपिआर तयार गरिएकाले भविस्यमा एउटै भवनबाट प्रशासनीक कार्यसम्पादनका लागि थप संरचना थप्न लागिएकाे हाे ।

हाल शिक्षा संकायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने याेजना छ ।