FLASH NEWS
  • Loading...

कार्तिक २१ गतेदेखी बेनीबाट वेपत्ता युवतीको शव कालीपुलपारी भीरमा फेला पर्‍यो

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ६३२५ पटक पढिएको
कार्तिक २१ गतेदेखी बेनीबाट वेपत्ता युवतीको शव कालीपुलपारी भीरमा फेला पर्‍यो

सदरमुकाम बेनीबाट २० दिन अघि कात्तिक २१ गतेदेखी वेपत्ता मंगला गाउँपालिका, ३ बरंजाकी युवती अइतवार मृत फेला परेकी छिन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगला गाउँपालिका, ३ बरङ्जा घर भै बेनी नगरपालिका-८, क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटाको शव बेनी कालीपुलको पारी पर्वतको जलजला गाउँपालिका, ३ मा पर्ने माटेपानीमा फेला परेको परेको हो ।

प्रहरी नायव उपरिक्षक मदन कुँवरका अनुसार स्थानीयले भिरमा शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । शवको म्याग्दी अस्पतालमा पोष्टमार्टम गरी मुद्धालाइ शव फेला परेको घट्नास्थल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतलाई हस्तान्त्रण गरिएको छ । घट्नाको थप अनुसन्धान पर्वत प्रहरीले हेर्ने छ ।