FLASH NEWS
  • Loading...

इजरायल-हमास चार दिन युद्ध विराम गर्ने सहमति, बन्दी साटासाट गरिने, नेपाली बन्दी परेनन्

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १६६ पटक पढिएको
इजरायल-हमास चार दिन युद्ध विराम गर्ने सहमति, बन्दी साटासाट गरिने, नेपाली बन्दी परेनन्

कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा कम्तीमा ४ दिनकालागी युद्धविराम’ गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने छन ।

पहिलो चरणमा इजरायल र हमासबीच १ सय ५० जनाका दरले बन्धक रिहाइ गर्ने सहमति पनि बनेको छ। उक्त सम्झौताका लागि अमेरिकी राष्ट्रपति जो बाइडनले कतारका अमीरलाई पटक पटक फोन गरेका थिए। बन्धक छोड्ने काम बिहीवार शुरु गर्ने नभए शुक्रवारदेखि गर्ने बताइएको छ। हमासले २४० इजरायली बन्धकमध्ये कम्तीमा ५० बन्धकहरूलाई रिहा गर्नेछ। सबैभन्दा पहिले बन्धक महिला र बालबालिकालाई रिहा गरिनेछ। इजरायलले पनि प्यालेस्टाइनका  १ सय ५० बालबालिका तथामहिलालाई रिहा गर्नेछ।

विपीनलाई अहिले नछोडिने

रिहा हुने इजरायली बन्धकहरूमा महिला र बालबालिका मात्र हुनेछन्। पहिलो चार दिनमा हमासले १ सय ५० जना बालबालिका र महिलालाई रिहा गर्नेछ। दुवै पक्ष युद्धविराम बढाउन सहमत भए भने त्यसपछि इजरायली पुरुषको पालो आउँछ। इजरायलकै पनि सैन्य कर्मचारीलाई रिहा गरिने छैन। हमासले अक्टोबर ७ तारिखमा गरेको आक्रमणमा २४० जनालाई बन्धक बनाएको थियो।

विदेशी बन्धकहरूलाई रिहा गर्ने विषयमा हाल वार्ता भएको छैन। त्यसमा थाई र नेपाली नागरिक विपीन जोशी पनि रहेका छन्।