FLASH NEWS
  • Loading...

रसियन भाडाका सेनामा नेपाली युवा ः म्याग्दी बरंजाका माओवादी पूर्वलडाकु रसियामा युक्रेन विरुद्ध युद्ध लड्दै

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ४२७ पटक पढिएको
रसियन भाडाका सेनामा नेपाली युवा ः म्याग्दी बरंजाका माओवादी पूर्वलडाकु रसियामा युक्रेन विरुद्ध युद्ध लड्दै

म्याग्दी बरंजाका माओवादी पूर्वलडाकु अहिले रसियामा युक्रेन विरुद्ध युद्ध लड्दै छन ।
रुस र युक्रेनवीच जारी युद्धमा रसियन सेनामा भर्ती भएका मंगला गाउँपालिका, ४ बरंजाका रमेश विकले ‘डायमण्ड’ हालै सामाजिक संञ्जाल फेसवुकमा तस्वीर सहितको स्टाटस लेख्दै भनेका छन, ‘राईफल त हिजो पनि १० बर्ष जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ । तर उदेश्य भिन्न छ, हिजो नेपाली जनताको मुक्तिकोलागी र अ आज पराई भुमिको रक्षा/विस्तार एवं आफ्नो परिवार ब्यवस्थापनकालागी ।’
रमेश विकको स्टाटस ः

……लेनिनको देशवाट

अभिवादन ।।।

लेनिनको देशमा पुगेर पुटिनको सिपाहीको रुपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिव १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन,यद्यपि सवैप्रतिको मिठो सम्झना यथावत् नै थियोे/छ । राईफल त हिजो दशवर्षे जनयुद्ध मा पनि बोकेकै हो र आज पनि बोकिएको छ तर उदेश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागी र आज पराई भुमिको रक्षा/विस्तार एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागी । राजनीति पनि गरौ त्यसैको सहारामा मिलाएर पारिवारिक व्यवस्थापन पनि गरौ भन्ने सोच राखेको भए पार्टी विभाजन पछी ०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भईसकिएको थियो,अहिलेसम्म सिसिएम वनिसकिन्थ्यो ।

त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति कठिन थिएन तर फेयर राजनीति गर्न खोज्ने,आफ्नो कारण आफु स्वयम र पार्टीलाई कुनै दाग नलागोस भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन,पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफु र पार्टीलाई समेत वदनाम गर्नुभन्दा वरु विदेश गई रगत/पसिना वगाएर परिवारको उचित व्यवस्थापन संगै पार्टी आन्दोलनलाई आर्थिक/नैतिक/वैचारिक सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लाग्यो र अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरियो ।

रमेश विक लगाएत नेपालका सयौं युवाहरु रसियन सेनामा भर्ना भएर युद्धग्रस्त क्षेत्रमा तैनाथ भएको भिडियो सार्वजनिक भैरहेको छ । नेपाली युवाहरु भिजिट भिषा मार्फत रसिया पुगेर त्यहाँको सेनामा भर्ती हुने गरेका छन ।
केही समय अघि रसियन सेनामा सहभागी भै युद्ध गरिरहेका एक नेपाली युवा विवेक खक्रीलाई युत्रेनी सेनाले कब्जामा लिएको भिडियो विभिन्न समाचार संस्थाहरुले सार्वजनिक गरेका थिए ।