FLASH NEWS
  • Loading...

यसरी मनाए बालगृहका बालबालिकाले भाईटिका

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २५७ पटक पढिएको
यसरी मनाए बालगृहका बालबालिकाले भाईटिका

अभिभावकको मृत्य वा अन्य कारणले अभिभावकत्व गुमाएपछि बेनी स्थित वालगृहमा आश्रित ९ जना बालबालिकाले शनिवार सामुकि भाईटकिा लगाई तिहार मनाएका छन ।
वालगृहमा आश्रित बालबालिकाले एक आपसमा टिका र माला लगाई भाईटिका मनाएका हुन । बालगृहमा रहेका ५ जना दिदीवहिनीले ४ जना दाजुभाईलाई पालैसंग सप्तरंङ्गी टिका र माला लगाइ दिएका थिए । टिकापछि दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिए । दिदीबहिनीले सेलरोटी, ओखर समेत सगुन दिए ।


तिहारको टिकापछि सवै बालबालिकालाई रघुगंगा गाउँपालिका, ७ चिमखोलामा पुख्यौली थलो भै हाल हङकङमा रहेका म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष कर्ण पुनले विशेष तिहार भोजन खुवाए ।


बालगृहमा आश्रित बालबालिकालाई सामुहिक भाईटिका लगाउने ब्यवस्थापन भने नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले गरेका हुन । पछिल्लो चार वर्ष देखी बालगृहमा रहेका बालबालिकाको सामुहिक चाडपर्व मनाउन थालिएको हो । शाक्यले नै बालबालिकाको टिका सामाग्री, सगुन, मिस्ठान ब्यवस्थापन मिलाएका हुन ।


‘सानै उमेरदेखी वालगृहमा बस्दा उनीहरु सामाजिक संस्कार र संस्कृतिबाट विच्छेद भएका छन । हामी उनीहरुलाई सामाजिक संस्कार र संस्कृतिलाई हस्तान्त्रण गर्न यस्ता चाडपर्वमा दाता खोजेर कार्यक्रम गर्ने गरेका छौं’ नेपाल वालसंगठनका अध्यक्ष राजेश शाक्यले भने, ‘यस्ता कार्यक्रमले बालबालिकामा हामी वालगृहमा बस्ने वेसहारा, परित्यक्त भन्ने मनोविज्ञानलाई न्यूनिकरण गर्न सहयोग पुग्ने छ ।’