FLASH NEWS
  • Loading...

निर्मल पुर्जाले लिए म्याग्दीबाट गैरआसीय नेपाली नागरिकता

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ३५७ पटक पढिएको
निर्मल पुर्जाले लिए म्याग्दीबाट गैरआसीय नेपाली नागरिकता

अन्नपुर्ण गाउँपालिका, ३ पुख्याैली थलाे घर भै हाल बेलायती नागरिकता लिएका किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विहिवार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआसीय नेपाली नागरिकता लिएका हुन ।
गैरआवसीय नेपाली नागरिकता खुल्ला भएपछि जिल्ला प्रशासनमा नागरिकता प्राप्तीकालाागी पहिलो निवेदन दिएका पुर्जालाई जिल्ला प्रशासन कार्यालयले गैरआसीय नेपाली नागरिकता भने चौंथो नम्बरमा प्रदान गरेको हो । पुर्जा नागरिकता लिन विहिवार कैलाश एयरको हेलिकोप्टरमा बेनी आएका थिए । पूर्व वेलायती लाहुरे पुर्जाले २ बर्ष अघि मात्र अाैपचारिक रूपमा नेपाली नागरिकता त्यागेका थिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विहिवारसम्म ६ वटा गैरआवसीय नेपाली नागरिकता जारी भएको छ । थप तीन वटा निवेदन नागरिकता प्राप्ती प्रकृयामा छन । धवलागिरी गाउँपालिका, ७ ताकम घर भै हाल अष्ट्रेलिया बसोबास गर्दै आएका दीपक भण्डारीले जिल्लाबाट पहिरो पटक गैरआवसीय नेपाली नागरिकता पाएका थिए । गैरआवसीय नेपाली नागरिकता पाउन भने निर्मल पुर्जाले निवेदन दिएका थिए ।

‘आज बेलायतमा बसोबास गर्ने पूर्व वेलायती लाहुरे तथा किर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई गैरआवसीय नेपाली नागरिकता दिएका छौं । पहिलो निवेदक भएपनि पुर्जा गैरआवसीय नागरिकता पाउने पुर्जा चौंथो नम्बरमा पर्नु भयो’ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले भने, ‘आज तीन वटा गैरआवसीय नेपाली नागरिकता जारी भयो, थप तीन वटा नागरिकता प्राप्ती प्रकृयामा छन ।’

नागरिकता ऐनमा भने ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गगरेको र साविकमा बंशजको वा जन्मको आधारमा निज वा जिनको बाबु वा आमा, बाजे वा बजै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको ब्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ ब्यवस्था गरेको छ ।

प्रशासन कार्यालयको अभिलेख अनुसार जिल्लामा गैरआवसीय नेपाली नागरिकता लिनेको संख्या हृवात्तै बढेको छ । गत कात्तिक १७ गतेबाट सुरु भएको गैरआवसीय नेपाली नागरिकता लिनेको संख्या एक सातामै ६ जना पुगेका छन । विहिवार मात्र तीन जनाले नागरिकता प्राप्त गरे, थप तीन जना प्रकृयामा छन ।

अहिले सम्म धवलागिरी गापा, ७ पुख्यौली थलो भै अष्ट्रेलिया बस्ने दीपक भण्डारी, धवलागिरी गापा, ६ मराङ घर भै अमेरिका बसोबास गर्ने ऋषीनाथ सुवेदी, रघुगंगा गापा, ३ पिप्ले पुख्यौली थलो भै सिङगापुर बसोबास गर्ने पूर्णबहादुर विक, अन्नपूर्ण गापा, ३ दान पुख्यौली थलो भै बेलायत बस्ने निर्मल पुर्जा, मंगला गापा, ४ घर भै हङकङ बसोबास गर्ने कमल रोका र बेनी नगरपालिका, ७ घर भै पोर्तुगलमा बसोबास गर्ने सुनिता केसीले गैरआवसीय नेपाली नागरिकता प्राप्त गरेका हुन ।