FLASH NEWS
  • Loading...

बेनीमा शान्ति पार्क बनाउन तयारी सुरू

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २७० पटक पढिएको
बेनीमा शान्ति पार्क बनाउन तयारी सुरू

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान/पार्क) निर्माणको प्रकृया सुरू भएको छ ।

बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा पार्कमा पार्क बनाउन बेनी नगरपालिका, जिल्ला समन्वय समिति, गड्डकी प्रदेश सरकार र म्याग्दी प्रवासी नेपाली संघ (माेना)ले  लगानी प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बेनीमा पार्क बनाउन आवश्यक बजेट ब्यवस्था गर्न लाग्ने प्रर्तिवद्धता जनाएका छन ।

शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली,  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगर प्रमुख सुरत केसी, म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष दधिवल खड्का, नेपाल उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायत सरोकारवालाहरुको टोलीले प्रस्तावित उद्यान निर्माण स्थलको निरिक्षण गरेका थिए ।

“बेनीको पहिचान र आकर्षण बढाउन मात्र नभएर बजारबासीलाई फ्रेस हुने ठाउँका लागि पनि पार्क बनाउन आवश्यक महशुस गरेर डिपिआर तयार गरेका छौ,” बेनी नगरपालिका प्रमुख सुरत केसीले भने, “लगानीको स्रोतको खोजीमा छौ । प्रदेश, संघीय सरकार र सामाजिक संघ संस्थाबाट लगानीका लागि साझेदारीको अपेक्षा गरेका छौ ।”

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले पार्क बनाउन १० रोपनी जग्गाको खाली र उपभोग विहिन जग्गाको व्यवस्थापन गरिएको जानकारी दिदै सो ठाउँमा २०६० को बेनी भिडन्तको चिनोको रुपमा विधुत पोल काठमाडौबाट ल्याइन लागेकाे जानकारी गराए । साे अवसरमा मोनाका अध्यक्ष दधिवल खड्काले बेनीमा पार्क बनाउन माेना सहकार्य गर्न तत्पर रहेकाे बताए ।  हयोग गर्न मोना इच्छुक रहेको बताउनुभयो । उद्यानमा सार्वजनिक उपभोगका लागि मोना घर बनाउन इच्छुक रहेको खड्काले बताउनुभयो ।