FLASH NEWS
  • Loading...

हत्यारालाई राष्ट्रपतिले दिएको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १३२ पटक पढिएको
हत्यारालाई राष्ट्रपतिले दिएको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।

खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै रिगलकी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।