FLASH NEWS
  • Loading...

पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २१० पटक पढिएको
पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

म्याग्दीकाे बेनी नगरपालिका, ३ भकिम्ली र बाग्लुङको काँठेखाेला गापा, ३ धम्जा अाेख्लेकाे सीमामा पर्ने  बेलढुङ्गा पर्यटकीय हव बन्न थालेकाे छ ।

सूर्याेय, पुर्वी रूकुमकाे चुरेन हिमालदेखी पुर्वमा गाेर्खाकाे मनास्लु हिमालसम्मका १८ बढी हिमालकाे प्यानाेरमिक दृश्यावलोकन, म्याग्दी, पर्वत, बाग्लुङ र प्युठानसम्मका चित्ताकर्षक फाँट र वस्ती हेर्न मिल्ने बेलढुङ्गा प्राकृतिक भ्यू टावरकाे रूपमा रहेकाे छ । वेलढुङ्गाकाे पर्यटकीय संभावना उजागर गरी पूर्वाधार निर्माण गर्न म्याग्दी र बाग्लुङका स्थानीय तह साझा मत र साझेदारीमा जुटेका छन ।

परम्परादेखी नै स्थानीयले बेलढुङ्गामा पुग्ने गरेपनी बेनी नगरपालिका, ३ मुसुङका स्थानीय तारामिलन छन्त्यालसमेतका युवाहरू १२ बर्ष अघि बेलढुङ्गा पुगेर त्यहाँबाट मनाेरम तस्विर तथा भिडियाेहरू सामाजिक संजालमा राख्ने, लेखहरू प्रकाशित गर्न थालेपछि मात्र वेलढुङ्गाकाे पर्यटकीय महत्व वारे चर्चा सुरू भएकाे हाे । बेनी नगरपालिका, ३ भकिम्लीका वडाध्यक्ष पदम पुनले ९ बर्ष अघी एक लाख बजेट विनियाेजन गरी मुसुङ-बेलढुङ्गा पदमार्ग सुधार थालेपछि यहाँकाे पर्यटकीय पूर्वाधार निर्माण सुरू भएकाे हाे । अहिले बाग्लुङकाे काँठेखाेला गापा र म्याग्दीकाे बेनी नपाले अा-अाफ्नाे क्षेत्रबाट साझा पर्यटकीय गन्तब्य मानी पदमार्ग निर्माणा र सुधारमा लगानी गरिरहेका छन ।

‘हामी बेलढुङ्गापानी ढलाेवारीपारीका वस्ती बाग्लुङकाे धम्जा र म्याग्दीकाे भकिम्लीवासी वेलढुङ्गा डाँडाेलाइ साझा स्थान मानेर पर्यटकीय क्षेत्रकाे रूपमा प्रर्वर्धनमा जुटेका छाैं । यहाँकाे पर्यटकीय लाभ दुवै जिल्लाका स्थानीयले पाउने हाे, लगानी र प्रर्वर्धन पनि मिलेरै साझा रूपमा गरीरहेका छाैं ’ बेनी नगरपालिका, ३ भकिम्लीका वडाध्यक्ष पदम पुनले भने, ‘गाउँको समृद्धिको आधार पर्यटन बन्न सक्छ ।सदरमुकाम बेनी बजारबाट १८ किमीको दूरीमा अवस्थित बेलढुङ्गा र बागलुङतर्फबाट पनि सडकमार्ग वेलढुङ्जोगा फेदीकाे देउरालीसम्म पुर्याएका छाैं ।’

बेलढुङ्गा समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा अवस्थित छ ।  प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको वासस्थान छ । बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो ।