FLASH NEWS
  • Loading...

कात्तिक १९ गते म्याग्दी काँग्रेसको सम्मेलन हुने

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १४६ पटक पढिएको
कात्तिक १९ गते म्याग्दी काँग्रेसको सम्मेलन हुने

नेपाली काँग्रेस म्याग्दीले कात्तिक १९ गते सदरमुकाम बेनीमा जिल्ला सम्मेलन गर्ने भएको छ । सम्मेलनको नेपाली काँग्रेसका महाँमन्त्री विश्वप्रकाश शर्माले जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन गर्ने कार्यक्रम रहेको म्याग्दी काँग्रेसले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
म्याग्दी काँग्रेसका कार्यवाहक सभापति हरीकुमार श्रेष्ठका अनुसार सम्मेलनमा क्षेत्रिय प्रतिनिधी, विभिन्न विभागीय प्रमुखहरु, जिल्ला समितिका पदाधिकारीहरु समेत ७ सय ५० जनाको सहभागीता हुने छ । सम्मेलनमा म्याग्दी काँग्रेसले विगत एक बर्षमा गरेको साँगठनिक तथा आर्थिक प्रतिवेदनमा छलफल गर्ने छ ।
त्यस्तै सम्मेलनमा जिल्ला समिति र विभिन्न विभागहरुले आगामी बर्षकालागी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव भरत रकालले बताए ।
काँग्रेस विधान अनुसार अधिवेशनपछि प्रत्यक बर्ष क्षेत्रिय प्रतिनिधीहरु सम्मिलित जिल्ला सम्मेलन गर्नु पर्ने हुन्छ ।