FLASH NEWS
  • Loading...

कृषकलाई वाली थन्क्याउने चटाराे, आरनलाई हतियार अर्दाब्ने हताराे

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १६३ पटक पढिएको
कृषकलाई वाली थन्क्याउने चटाराे, आरनलाई हतियार अर्दाब्ने हताराे

|अारन

कृषकलाई धान, काेदाे समेत अन्नबाली थन्क्याउने चटाराे विच कृषी औजारकारखाना (अारन)लाइ भने अाँसी समेत कृषी औजारहरू अर्दाब्ने हताराे छ । सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोलाको पक्की पुलमुनि एउटा पुरानो शैलीको आरन छ । आरनमा कोही घन ठटाउँदै घरायसी सामान र कृषि औजार मर्मत गरिरहेका छन । यहाँको आरनलाई भने आँसी अर्दाब्ने चटारो छ । कृषकलाई धान, कोदो समेतका अन्नवाली भित्राउने सिजन भएकोले आरनलाई कृषकका हतियारहरु मर्मत गर्ने चटारो परेको हो ।

आरनमा सवै सिजन, सवैदिन एकनास कामको भ्याइनभ्याई छ । खेतीवाली थन्क्याउने सिजन भएकाेले बेनी स्थित कृषकको कृषी औजार कारखानामा  दैनिक १५ सयबढी अाँसी अर्दब्ने काम भैरहेकाे छ । अाँसी अर्दब्न जिल्लाभरीका कृषकहरू पालाे कुरेर बसेका छन । अन्य समयमा भने कारखानामा कृषकालागी दैनिक आवश्यक पर्ने घरेलु कृषी सामाग्री आँसी, बन्चरो, खुकुरी, दावे, बाउसो, कुटो, फाली, काठेफाली, झाङ्गा, ताप्के, तामाका गाग्री र पञ्चेबाजा बनाउँछन ।

बेनीकाे हाँडेभिर स्थित कृषी अाैजार कारखाना (अारन)का संचालक कुलदीप जुग्जालीले भने, दैनिक १५ सयबढी आँसी अर्दब्ने काम भैरहेको छ । एक पटक बनाएको हतियार दुई बर्षसम्म ग्यारेन्टी दिन्छौं, विग्रे निशुल्क मर्मत वा साटफेर गरिन्छ ।
१२ बर्षअघि ५० हजारको लगानीमा शुरु आरन फस्टाउँदै कृषीऔजार कारखाना बनेको छ । नपत्याउँदो छाप्रोभित्र २ करोडबढी लगानी छ । कारखानामा अनुभवी ५ मिस्त्रीसहित १८ ले प्रत्यक्ष रोजगारी पाएका छन । आरनमा म्याग्दीबाहेक पर्वत, बाग्लुङ र मुस्ताङबाट समेत कृषी सामाग्री मर्मत तथा बनाउन आउँछन । आरनका ७० हजारबढी ग्राहक भएको र मासिक ६० लाखसम्मको कारोवार गर्ने संञ्चालकको दावी छ ।