FLASH NEWS
  • Loading...

हरियालीकाे कालिज फार्ममा दाेस्राे पटक चितुवा पस्याे

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १८९ पटक पढिएको
हरियालीकाे कालिज फार्ममा दाेस्राे पटक चितुवा पस्याे

बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा सोमबार विहान चितुवा पसेर कालिजलाई क्षति पुर्‍याएको छ ।
हरियाली ग्रुप प्रालिले पालेको करिव ४ सय कालिज फार्ममा फलामे तारवार र नाईलन जालीबाट भित्र चितुवा पसेको हो । ग्रुपका निर्देशक गोविन्द पौडेलका अनुसार विहान अन्दाजी ६ बजे तिर चितुवा फार्ममा पसेको हो । ७ बजे दाना दिनेक्रममा चितुवा पसेको थाहा भएको हो । प्रहरी–वनका कर्मचारी र स्थानीयले छोप्ने प्रयासविच चितुवा दिउँसो ११.३० बजे पछाडी म्याग्दीखोला किनारा तर्फ फलामको जाली नाघेर पछाडी भागेको थियो ।
फार्म भित्र अहिले ५० वटा मरेका कालिज भेटिएको छ । १०–१२ वटा कालिज उडेर बाहिर निक्लेको भेटिएको छ । अरु भेटिएका छैनन । केही चितुवाले खायो होला, केही झाडीमा लुकेको अनुमान गरेका छौं’ हरियाली ग्रुपका निर्देशक पौडेलले भने, ‘६ लाख बढी मुल्य वरावरको क्षतिको अनुमान गरेका छौं । भोलीसम्म झाडीमा लुकेका कालिज बाहिर आएपछि वल्न क्षतिको यकिन विवरण आउला ।’

यस अघि २०७७ भदौमा पनि यही कालिज फार्मको चल्ला भएको भागमा चितुवा पसेर क्षति पुर्‍याएको थियो । संभवन बाहिर खेतबाट जम्पगरी आकासमा चरा पस्न नदिन लगाईएको नाईलन जालीमा पुगेको र च्यातेर फार्म भित्र पसेको अनुमान छ ।
राष्ट्र वैंकका निर्देशक, योजना आयोगका पूर्व उपाध्यक्ष रहेका मीनबहादुर श्रेष्ठको अगुवाईमा स्थानीय कृषक र ब्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले पुख्यौली थलोमा करिव १० करोड लगानीमा ब्यवसायीक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेका हुन । १९ जना संस्थापकले स्थापना गरेको हरियाली ग्रुपमा अहिले १ लाखदेखी १० लाख रुपैयाँसम्म लगानी हाल्ने ५० जना शेयर सदस्य छन ।