FLASH NEWS
  • Loading...

वालगृहका बालबालिकाकाे दशैं

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १७९ पटक पढिएको
वालगृहका बालबालिकाकाे दशैं

अभिभावकको मृत्य वा अन्य कारणले अभिभावकत्व गुमाएपछि बेनी स्थित वालगृहमा आश्रित ८ जना बालबालिकाले मंगलवार सामुहिक दशैं टिका लगाई मनाएका छन ।

वालगृहमा आश्रित बालबालिकाले नेपाल वाल संगठनका म्याग्दी अध्यक्ष राजेश शाक्यकाे हातबाट दशैं टिका लगाएका हुन । टिका लगाएपछि शाक्यले बालबालिकालाइ दक्षिणा र फलफुल प्रदान गर्नुका साथै वालबालिकासँगै खाना खाएका थिए । संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले अघिल्लो वर्ष देखी बालगृहमा रहेका बालबालिकाको सामुहिक चाडपर्व मनाउन थालेका हुन ।

बालगृहका सवै बालबालिकालाई मालिका गाउँपालिका,५ देविस्थान घर भै हाल कतारमा कार्यरत (हाल घर विदामा अाएका) तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिका काेषाध्यक्ष नगेन्द्र फगामीले माशुभात सहित दशैंकाे अन्य परिकारकाे भाेजन खुवाउने ब्यवस्था मिलाएका हुन ।

‘सानै उमेरदेखी वालगृहमा बस्दा उनीहरु सामाजिक संस्कार र संस्कृतिबाट विच्छेद भएका छन । हामी उनीहरुलाई सामाजिक संस्कार र संस्कृतिलाई हस्तान्त्रण गर्न यस्ता चाडपर्व चाडपर्व सामुहिक मनाउन थालेकाछौं’ नेपाल वालसंगठनका अध्यक्ष राजेश शाक्यले भने, ‘यस्ता कार्यक्रमले बालबालिकामा हामी वालगृहमा बस्ने वेसहारा, परित्यक्त भन्ने मनोविज्ञानलाई न्यूनिकरण गर्न सहयोग पुग्ने छ ।’