FLASH NEWS
  • Loading...

सिजलगाउँका एकेन्द्र भण्डारीले हान्ने भए भगवतीकोटमा सरकारी राँगो मार, ३ लाख ३० हजार वाेलकवाेल

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ३०१ पटक पढिएको
सिजलगाउँका एकेन्द्र भण्डारीले हान्ने भए भगवतीकोटमा सरकारी राँगो मार, ३ लाख ३० हजार वाेलकवाेल

नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका, २ स्थित भगवतीकोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँ वोलकवोल भएको छ ।
प्रतिस्पर्धामा सवै भन्दा बढी तीन लाख ३० हजार कवोल गरेका रघुगंगा गाउँपालिका, २ सिजलगाउँका एकेन्द्र भण्डारीले पुजा ब्यवस्थापन समितिलाई कवोल गरेको रकम नगद दाखिला गरेपछि नवदुर्गालाई वली चढाईने राँगो मार हान्ने पक्का गरिएको हो । भण्डारीलाई रघुगंगा गापाा, ३ पिप्लेका उमेश आचार्यले ३ लाख २० हजार ५ सय रुपैयाँ बोलेर पछ्याएका थिए ।
‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ भगवतीकोट मन्दीर पुजा ब्यवस्थापन समितिका सचिव कृष्ण शाहीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यस वर्ष वोलकवोलमा बढी रकम बोलेका सिजलगाउँका एकेन्द्र भण्डारीले सरकारी राँगो मार हान्ने भएका छन ।’


भगवतीकोट मन्दीर पुजा ब्यवस्थापन समितिले सरकारी राँगोको मुल्य ६७ हजार रुपैयाँ तोकेको थियो । सुरुमा भगवतीकै एकेन्द्र शाहीले एक लाख ५१ हजार बोलकवोल गरी सरकारी राँगो मार हान्ने बढावढको सुरु गरेका थिए । कालरात्रीको राती ९.३० बजेदेखी १०.३० बजेसम्म हजारौं सर्वसाधारणको विचमा वोलकवोल गरिएको थियो । प्रतिस्पर्धामा एकेन्द्र शाही, साजन थापा, उमेश जैसी र एकेन्द्र भण्डारी सहभागी थिए ।
कालरात्रीको राती १२ बजे भगवती मन्दीरमा ‘निमको पाठो’ वली दिन त्यसक्षेत्रका हजारौं सर्वसाधारण कोटमन्दीरमा भेला हुने प्रचलन छ । जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दीरमा निर्धारित १ घन्टाको समयावधीमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुहले समितिमा नाम लेखाउनु पर्छ । सोही अनुसार सूचिकृत भएका ब्यक्तिहरुले पालोपालो रकम बोलकवोल गर्ने र जस्ले धेरै रकम बोल्छ उसैले राँको काट्न दिने गरिन्छ ।


बढी रकम तिरेका केसीले आज नवमीको दिन दिउँसो डाँडामा घाम डुब्ने वेला (३–४ बजे) विचमा राखुभवतवी कोट मन्दीरको मौलोमा सरकारी राँगो मार हान्ने छन । यहाँको कोट मन्दीरमा राँगाको वली दिएको हेर्न रघुगंगा गाउँपालिका १–४ वडासम्मका हजारौं श्रदालुहरु पुग्छन ।
त्यसस्तै सरकारी राँगो मार हान्न उत्तरी क्षेत्रको अन्नपूर्ण गाउँपालिका, ६ घार, बेनी नगरपालिका, २ गौस्वारा र धवलागिरी गाउँपालिका, ७ स्थित ताकम कोट मन्दीरमा पनि वोलकवोल गर्ने गरिन्छ । तर यहाँको मन्दीरमा राखु भगवती मन्दीरमा जस्तो महंगो मुल्य तोक्ने गरिन्न ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन । सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला बर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक बर्ष दशैंमा तीन हजार पठाउने गरेको छ ।

तस्वीर साैजन्य  ः धिरन खत्री, भगवती