FLASH NEWS
  • Loading...

दसैँमा मासु कसरी खाने ?

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २५९ पटक पढिएको
दसैँमा मासु कसरी खाने ?

परम्परादेखी नेपाली समाजमा दसैँलाइ मासुभात खाने चाड भनिन्छ । त्यसैले पनि दशैंमा मासुको धेरे प्रयोग हुने गर्छ । तर, आवश्यकताभन्दा बढी मासुको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । अझ दसैँको बेला खानपानमा सन्तुलन नहुँदा कतिपय मानिस बिरामीसमेत हुने गर्छन् ।

यस्तो बेला खानेकुराहरूमा बढी चिल्लो, पिरो प्रयोग गरिने हुँदा त्यसले शरीरलाई फाइदा पुर्‍याउँदैन । र, चाडपर्वका बेला शरीरमा ब्यायाम कम हुने हुँदा शरीरमा समस्या अउन सक्छ । दसैँमा मासुको प्रयोग गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने पोषणविद् प्रणिती सिंह बताउँछिन् ।

‘मासु थोरै खानुपर्छ । तर, गुणस्तरीय भने हुनुपर्छ । धेरै चिल्लो, पिरो, तारेको मासु खानु स्वास्थ्यका लागि राम्रो मानिदैन,’ उनी भन्छिन् ।

त्यस्तै, मासु धेरै हुने भएकाले एकैपटक पकाएर  राख्ने चलन हुन्छ । र, त्यही मासु धेरै दिन लगाएर खाने गरिन्छ । यसरी सबै मासु एकैपटक पकाएर खानु फाइदाजनक नहुने चिकित्सकहरूको भनाइ छ । तर, काँचो मासुलाई डिप–फ्रिजमा राखेर आवश्यकताअनुसार पकाएर खान भने सकिन्छ ।

विज्ञहरूका अनुसार पकाएर फ्रिजमा राखेको मासु खानुभन्दा डिप–फ्रिजमा राखेको काँचो मासु पकाएर खानु स्वस्थकर मानिन्छ । र, मासु थोरै–थोरै मात्रामा खानु राम्रो हुन्छ ।