FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा १३ घन्टा ‘ट्रायल फेस’ ओपिडी सेवा सुरू

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १८७ पटक पढिएको
बेनी अस्पतालमा १३ घन्टा ‘ट्रायल फेस’ ओपिडी सेवा सुरू

म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालले डाक्टरहरुको दरवन्दी अभावका विच पनि सार्वजनिक विदाको दिनमासमेत विहान ७ बजेदेखी साँझ ८ बजे १३ घन्टा ओपिडी सेवा संञ्चालनमा ल्याएको छ ।
८ जना कन्सल्टेन्ट समेत ५९ जना श्वास्थ्यकर्मीको दरवन्दीमध्य १ जना कन्सल्टेन्ट समेत २५ जना श्वास्थ्यकर्मी कार्यरत रहेको अस्पतालले श्वास्थ्यकर्मीको साप्ताहिक कार्यवधी (४२ घन्टा)मा थप भार नपर्नेगरी दैनिक १३ घन्टा ओपिडी सेवा सुरु गरेको बेनी अस्पतालले जनाएको छ ।
‘अस्पतालमा कार्यरत मेडिकल अफिसर र सहयागी कर्मचारीको ब्यवस्थापन गरी ३० दिन र सातामा ४२ घन्टाको डिउटी टाईम मिलाएर ओपिडि सेवालाई विहान ७ बजेदेखी साँझ ८ बजेसम्म दैनिक १३ घन्टा संञ्चालनमा ल्याएका छौं’ अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट अन्जु थापाले भनिन, ‘यो सेवा अहिले ट्रयायल फेसमै छ । नर्मल ओपिडी बाहेकको समयमा ओपिडी संञ्चालन गर्दा एक–एक जना मेडिकल अफिसर र सहयोगी मात्र हुन्छन । कन्सल्टेन्ट डाक्टरको डाक्टर भने उपलब्ध हुने छैनन ।’
मेसु डा. थापाले थपिन, ‘अस्पतालमा फार्मेसी, ल्याव र विलिङ काउण्टर २४ सै घन्टा खुल्ला रहने भएकोले एक जना मेडिकल अफिसर र सहयोगी कर्मचारी ब्यवस्थापनगरी ओपिडी सेवा १३ घन्टा पुर्‍याएका हौ । अतिरिक्त समय ओपिडी संञ्चालन गर्दा विरामीलाई थप आर्थिक ब्ययभार भने पर्दैन ।’
मेसु थापाका अनुसार हाल अस्पतालमा एक दरवन्दीका र दुई जना छाक्रवृत्ति करारका गरी ३ जना कन्सल्टेन्ट डाक्टर, ६ जना कार्यत्रम तथा छात्रवृत्ति करारका मेडिकल अफिसरहरु कार्यरत छन । अस्पताल ब्यवस्थापन समितिले थप २ जना मेडिकलन अफिसर नियुक्त गर्ने प्रकृयामा छ । यही जनशक्ति ब्यवस्थापन गरी अस्पतालले ओपिडी सेवालाई शनिवारसमेत सवै दिन दैनिक १३ घन्टा संञ्चालन गर्न थालेको हो ।
अस्पतालले ओपिडी सेवालाइ १३ घन्टा संञ्चालन गर्न अस्पताल ब्यवस्थापन समितिले अस्पतालको आर्थिक स्रोत ब्यहोर्ने गरी २ जना मेडिकल अफिसर र २ जना सहयोगी कर्मचारीको ब्यवस्थापन गर्ने भएको छ । त्यसो गर्दा अस्पताललाई मासिक एक लाख ५० हजारको हाराहारीमा आर्थिक स्रोत ब्यवस्थापन गर्नु पर्ने हुन्छ ।
अस्पतालले दैनिक विहान ७ बजेदेखी साँझ ८ बजेसम्म ओपिडी सेवा सुरु गरेपछि सवैभन्दाबढी लाभ विद्यार्थी, कर्मचारी, दैनिक ज्यालामजदुरीमा जानु पर्ने विरामी र ग्रामिण भेगका विरामीले विहान–बेलुकीको समयमा समेत श्वास्थ्य परिक्षण र उपचार पाउन सकेका छन ।
‘जनताले सहज र सुलभ श्वास्थ्य उपचार गराउन दैनिक १३ घन्टा ओपिडी सेवा सुरु गरेका छौं । त्यसो गर्दा विरामीले नाम दर्ता गराउन, श्वास्थ्य परिक्षण गराउन, विल, ल्याव सवै ठाउँमा घन्टौं लाईन लाग्नु पर्ने झन्झट हट्ने छ । काममा पनि जानु छ, उपचार पनि गराउनु पर्ने कामकाजी विरामीलाई पनि सहयोग पुगेको छ’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भने, ‘डाक्टरहरु समेत श्वास्थ्यकर्मीको खटाउँदा लाग्ने थप बजेट ब्यवस्थापन हाम्रो चुनौति हो । हामी आन्तरिक स्रोत परिचालन गर्छौ ।’