FLASH NEWS
  • Loading...

म्याग्दीखोलामा झोलुङ्गेपुल उद्घाटन

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १९२ पटक पढिएको
म्याग्दीखोलामा झोलुङ्गेपुल उद्घाटन

मंगला गाउँपालिका वडा नं २ रणवाङ र वडा नं ५ कोपिपलबोट वस्ती जोड्न म्याग्दी नदीमाथी निर्मित ७३ मिटर लामो झोलुङ्गे पुलको बुधवार उद्घाटन भएको छ ।
एक सय ८५ घरधुरीका ८ सय ७५ जना प्रत्यक्ष लाभान्वीत हुने झोलुङ्गेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले एक समाराोह विच उद्घाटन गरेका हुन । झोलुङ्गे पुलको उद्घाटन गर्दै पुलले स्थानीयलाई खोलावारी पारी गर्न सहज हुनाकोसाथै पिपलबोटको पुछार तथा म्याग्दी खोलाको किनारामा निर्माणाधिन फुटवल मैदानमा खेलाी पुग्न समेत सहज भएको बताए ।
‘झोलुङ्गे पुलले स्थानीयलाई वारीपारी आवतजावतमा सहज त भएकै छ । ७ बर्ष अघि देखी अलपत्र परेको जिल्लाकै सवैभन्दा ठूलो खेलकुद मैदानमा खेलाडी, दर्शक र खेलप्रेमीलाइ पुग्न सहज हुनेछ’ गापा अध्यक्ष सतप्रसाद रोकाले भने, ‘झोलुङ्गे पुल निर्माण गर्न आर्थिक, प्राविधिक सहयोग आएपनि स्थानीय जग्गादाताको सहयोग नभएको भए, संभव थिएन । जग्गादाताहरु पनि धन्यवादको पात्र हुन ।’
झोलुङ्गे पुल बनाउन मंगला गापा, २ रणवाङका तेजबहादुर, दुर्गबहादुर, पूर्णबहादुर र सीता भण्डारी तथा मंगला गापा, ५ पिपलबोटका भोटबहादुर क्षत्री र कर्णबहादुर वुढाथोकीले आ–आफ्नो जग्गाबाट मोटरसाईकल गुडाउन मिल्ने पहुँचमार्ग सहित बाटो दिएका थिए ।


स्थानीय मंगला गाउँपालिकाको साझेदारीमा गैहृसरकारी संस्था मिलनले गत वर्ष रणवाङ र पिपलबोट जोड्ने म्याग्दीखोला झोलुङ्गे समेत जिल्लाका सवै पालिकामागरी ९ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । थप ९ वटा झोलुङ्गे पुल निर्माणाधिन रहेको मिलन अध्यक्ष दिलमायाँ विटालुले बताईन ।
स्थानीय पालिकाहरुसँगको साझेदारीमा झोलुङ्गे पुल निर्माण गरिरहेको गैहृसरकारी संस्था मिलनका अनुसार चालु आवमा मालिका गापाको दाङ्गा, सिस्नेरी, फुलवारी र माज्मामा दुई वटागरी ५ वटा, रघुगंगा गापाको बेग र कुईनेमंगले तथा बेनी नगरपालिका, ३ भकिम्लीको चिनाखेत र ठूलोखोलामा झोलुङ्गे पुल निर्माण पुरा भएका हुन ।
मिलन संस्थाका अनुसार एक सय मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न सरदर ४ सय श्रम दिन लाग्छ । कुल श्रमदिन मध्य २२ प्रतिशत दक्ष कामदार, १६ प्रतिशत अर्धदक्ष कामदार, अदक्ष कामदार ५० प्रतिशत र ढुवानी/भरिया १२ प्रतिशत लाग्छ । स्थानीय मजदुर प्रयोग गरिने भएकोले झोपु निर्माणदेखी नै प्रत्यक्ष आर्थिक लाभ लिन सक्छन ।
‘सरकारले उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र मिस्त्रीलाई छुट्टाछुट्टै तालिम दिने भएकोले एउटा झोलुङ्गे पुलले पुर्‍याउने दिर्घकालिन लाभ बाहेक स्थानीयले तत्काल सीप तथा नेतृत्व विकासको अवसर प्राप्त गर्छन’ मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिुलुकुमारी विटालुका भनिन, ‘झोलुङ्गे पुलले धेरै वस्ती बजार बनेका छन । झोलुङ्गे पुलबाट मान्छेलाई मात्र होईन भेडा गोठ समेत पशुचौपायालाई समेत लाभ पुगेको छ ।’


झोलुङ्गे पुलको क्षेत्रमा १८ बर्षदेखी काम काम गरिरहेको गैहृसरकारी संस्था मिलनको अभिलेख अनुसार जिल्लामा विभिन्न नदी तथा खोलामा २ सय ८३ वटा झोलुङ्गे पुल रहेका छन । जसमध्य सवैभन्दाबढी धवलागिरी गापामा ७५ वटा, रघुगंगा गापामा ४७ वटा, अन्नपूर्ण गापामा ६५ वटा, मालिका गापामा ४७ वटा, मंगला गापामा २७ वटा र सवैभन्दा थोरै बेनी नगरपालिकामा २२ वटा झोलुङ्गे पुल रहेका छन ।
चालु झोपु मध्य सुरक्षित झोपु संख्या ८७ वटा मात्र हुन । बृहत मर्मत गर्नु पर्ने अवस्थाका २१ वटा झोपु छन । अति जोखिमपूर्ण अवस्थाका झोपुको संख्या ४७ वटा छन । जिल्लामा निर्माण भएका झोपुमध्य केही प्रयोगहीन बनेका पनि छन । ती पुलमा प्रयोग भएका लठ्ठा, स्टील फलेक समेतका सामाग्री अन्यत्र प्रयोग गर्न सकिने भएपनि पुनःउपयोग हुन नसकदा ती पुल खेर गैरहेको छ ।
एक सय ५० बर्ष अघि निर्मित बेनीको म्याग्दी खोलामाथी निर्मित मंगलाघाट झोपु मात्र होईन सडक विस्तार तथा मोटरपुल निर्माणपछि धवलागिरी गापाको मुना, बेनी नगरपालिकाको रत्नेचौर, गलेश्वर, मंगलाघाट, मसार, अन्नपूर्ण गापाको नारच्याङ र महभीर झोपु पूर्ण प्रयोगहीन छन । त्यस्तै, जोखिमपूर्ण र मर्मत गर्नु पर्ने मोटरपुल पनि नजिकै मोटरवाटो पुगेपछि आक्कल झुक्कल मात्र प्रयोगमा आउने भएकोले मर्मत संभार गरिएका छैनन ।
‘हामीले नै दुई बर्ष अघि झोपुको अभिलेख राखेका हौं । त्यसयता अझ धेरै झोपु मोटरबाटोले विस्थापित भएका छन’ मिलनकी अध्यक्ष विटालुले भनिन्, ‘प्रयोगहीन अवस्थामा पुलका लठ्ठा र स्टील डेक झिकेर अन्यत्र प्रयोग गर्न सकिन्छ । तर सरोकारवालाको ध्यान पुगेको छैन ।’
जिल्लामा १ सय २० मिटर भन्दा छोटो तरीका झोलुङ्गे पुलहरु लठ्ठा, स्टील टेक समेत पार्टस, प्राविधिकसमेत ८५ प्रतिशत टिविएसयुको सहयोग तथा १५ प्रतिशत स्थानीय पालिकाको सहयोगमा निर्माण हुन्छन । छोटो तरीका झोलुङ्गे पुलमा प्रदेश सरकारको प्रादेशिक झोपु सहयोगी निकाय (पिटिएबी)को साझेदारीमा पनि स्थानीय सरकारले बनाउने गरेका छन । प्रदेश सरकारको सहयोगमा पछिल्ला तीन वर्षमा दुई वटा झोपु निर्माण गरेको छ ।

त्यस्तै १ सय २० माथिका सवै लामा झोपुहरु संघिय सरकारले सोझै ट्रेलव्रिज सपोर्टको प्राविधिक सहयोगमा सम्पन्न हुने गरेका छन । खोला वा नदीको साँघुरा घाँटी खोजेर बनाईने झोलुङ्गे पुलले समाजको फेरिदो आवश्यकतालाई जोड्न छोडेपछि छोटा झोलुङ्गे पुलले स्वरुव फेर्न थालेका छन । छोटा पुल विस्थापित गर्दै लामा र अग्ला झोलुङ्ग बनाउने लहर नै चलेको छ ।
राज्य पुनःसंरचनासँगै गाउँपालिका केन्द्र तर्फ सोझिएर पूर्वाधार विकास हुन थालेका छन । मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ वस्ती विस्तार हुन थालेका छन । पुराना वजार ओझेल परेसँगै परम्परागत घोडेटो/गोरेटो बाटो तथा झोलुङ्गे पुल विस्थापित हुने र नयाँ वस्ती र बजारसँग जोडिन कहिल्यै झोलुङ्गे पुल आवश्यक नठानिएका स्थानमा पनि पुलको माग बढ्न थालेको हो ।
झोलुङ्गे पुलले नदी वारपार गर्न, शिक्षा, श्वास्थ्य वजार पहुँच, विभिन्न सेवा लिन सजिलो हुनुको साथै गाउँहरुलाई आर्थिक, सामाजिक विकासमा सकृय पार्न सहयोग पुर्‍याएको छ ।
परम्परादेखी हिंडेर तर्न नसक्ने नदी वा खोलामा हिउँदे फड्के वा साँघुको स्थाई विकल्पको रुपमा झोलुङ्गे पुल बनेका हुन । खोलाको वल्लो र पल्लो किनारामा साङ्लो झुण्डाएर (झोलुङ्गो ) बनाईएकोले झोलुङ्गे पुल भनिएको हो ।