FLASH NEWS
  • Loading...

भाेलीदेखी हिउँदे वर्षाहुँदै, तीन दिन खेतीवाली नकाट्नुस

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १५३ पटक पढिएको
भाेलीदेखी हिउँदे वर्षाहुँदै, तीन दिन खेतीवाली नकाट्नुस

वर्खे वर्षा (मनसुन) देशकाे पुरै भाटबाट नहट्दै हिउँदे वर्षा प्रवेश गरेकाे छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ।

आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा भोलिसम्म वाली भित्राइ सक्न वा ब्यवस्थापन गर्न जल तथा माैषम पूर्वानुमाान महाँशाखाले भनेकाे छ । बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने छ तथा दशैं भने घमाइलाे हुने छ।

सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन। पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरू बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान/बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ।