FLASH NEWS
  • Loading...

माेना अध्यक्षमा दधिवल खड्का सर्वसम्मत

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ३४२ पटक पढिएको
माेना अध्यक्षमा दधिवल खड्का सर्वसम्मत

सदरमुकाम बेनीमा शनिवार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको पाँचाैं महाँधिवेशनबाट दधिवल खड्का (जापान) समेत सम्पुर्ण पदाधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका छन । नेदरल्याण्डका मिम पुर्जाले अध्यक्ष पदकाे दावी छाेडेपछि खड्का माेनाकाे सर्वसम्मत अध्यक्ष बनेका हुन ।

महाँधिवेशनबाट ५ जना उपाध्यक्षहरूमा क्रमशः सुर्जे भट्टचन (पाेर्तुगल), इ.नन्द गर्वजा (युएइ), हरी राम्जाली (अष्ट्रेलिया), दिपक कार्की (जापान) र किसान जिसी (यु.के) चयन भएका छन । महिला उपाध्यक्षमा विष्णु बानियाँ (जापान), महासचिवमा सुनेस केसी (द.काेरिया), सचिवमा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), महिला सचिव सगिता थापा (अमेरिका) चयन भएका छन ।

त्यस्तै,  काेषाध्यक्ष नरेन्द्र फगामी (कतार), सहकाेषाध्यक्ष  प्रेम छन्त्याल (अमेरिका), युवा संयाेजक सचिन श्रेष्ठ (जापान), महिला संयाेजक पुर्णाीमा अासा पाइजा (हङकङ), महिला उपसंयाेजक नैना पुन (बेल्जियम) र क्षेत्रिय संयाेजक दिप फगामी (पाेर्तुगल) चयन भएका छन ।

समितिकाे अन्य क्षेत्रिय संयाेजक तथा सदस्यहरूकाे चयन भने निर्वाचित समितिकाे पहिलाे बैठकबाट मनाेनयन गर्ने ब्यवस्था रहेकाे माेनाका पुर्वअध्यक्ष तथा निर्वाचन समितिका सदस्य याेगेन क्षेत्रीले बताए ।

म्याग्दी जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई मातृ जिल्लामा उपयोग गर्ने उद्देश्यकासाथ मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २०६४ कात्तिक ५ गते म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय समवन्वय परिषद र ०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो ।