FLASH NEWS
  • Loading...

मोनाको अर्न्तराष्ट्रिय महाँधिवेशन वेनीमा सुरु

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २५४ पटक पढिएको
मोनाको अर्न्तराष्ट्रिय महाँधिवेशन वेनीमा सुरु

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को पाचौं अर्न्तराष्ट्रिय सम्मेलन शुक्रवारदेखी सदरमुकाम बेनीमा सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा सुरु भएको महाँधिवेशनको प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले एक समारोह विच उद्घाटन गरे ।


विभिन्न जातिय, धार्मिक तथा संस्कृतिक समुहहरुको झाँकी सहित विभिन्न देशका राष्ट्रिय समितिबाट आएका आएका प्रतिनिधीहरु प्लेकार्ड सहित बजार परिक्रमा सहित सभामा परिणत भएको थियो ।
म्याग्दीमा जन्मथलो भै विश्वका विभिन्न मुलुकलाई कार्यथलो बनाएका म्याग्देलीद्धारा प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई मातृ जिल्लामा लगानी गर्ने उद्देश्यले स्थापित मोनाको विश्वका विभिन्न २८ देशमा राष्ट्रिय समितिहरु सक्रिय छन । मोना एनआरएनपछिको विश्वभर संगठन संञ्जाल भएको प्रवासीहरुको संस्था हो ।
असोज २८ गतेसम्मम संञ्चालन हुने अधिवेशनमा भाग लिन विश्वका विभिन्न २८ देशका ३ सयबढी प्रतिनिधीहरु आएका छन । ०६४ सालमा स्थापना भएको मोनाको प्रत्यक २ बर्षमा म्याग्दी मै महाँधिवेशन गर्ने चलन छ ।


महाँधिवेशनले नयाँ नेतृत्व समेत चुन्ने भएकोले यस पटक नेदरल्याण्डका मीम पुर्जा र जापानका दधीवल खड्का विच मोना अध्यक्ष बन्ने दौडमा छन । मोनाका अगुवाहरु सकेसम्म निर्विरोध नेतृत्व चुन्ने पक्षमा प्रयास गरिरहेको बताएका छन । तर प्रतिनिधीहरु भने निर्विरोधको आवरणमा सँधै राजनैतिक भागवण्डामा जाने गरेकोले यसपटक निर्वाचन प्रकृयामा जानु पर्ने मनस्थितीमा छन ।


मोनाले ३ बर्ष अघि मनसुनजन्य विपदबाट घर पूर्ण क्षति भएका जिल्लाका ४० परिवारलाई सुरक्षित स्थानमा जग्गा ब्यवस्थापनसहित घर निर्माण गरी पुर्नवास गराएर थियो । प्रवासमा रहेका जिल्लाबासीबाट संस्थागत रुपमा जिल्लाको श्वास्थ्य, शिक्षा, खेलकुद, सानातिना पूर्वाधार निर्माण तथा विपदजन्य घट्नामा सहयोग गर्दै आएको छ । त्यस्तै, मोनाले विश्वमा छरिएका जिल्लाबासीबाट थोरै–थोरै लगानी जुटाएर स्थापना गरेको ग्लोवल इन्भेष्ट कम्पनी मार्फत जिल्लामा दुई वटा जलविधुत आयोजना निर्माणाधिन छन ।