FLASH NEWS
  • Loading...

मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २३९ पटक पढिएको
मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।

म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताकाे बिहिबार सम्पन्न फाइनलमा सोझो सेटमा मंगला गाउँपालिकालाई पराजित गर्दै बेनीले उपाधी जितेको हो । मंगला गाउँपालिका उपविजेता बनेको छ ।

त्यस्तै, महिलातर्फको प्रतिस्पर्धात्मक फाईनलमा मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्ण गाउँपालिकाले मोना कपको उपाधी जितेको थियो ।

पुरुषतर्फ मालिका गाउँपालिका र महिला तर्फ रघुगंगा गाउँपालिका तेस्रो भएका छन ।

पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकालाई क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।