FLASH NEWS
  • Loading...

बेनीमा मोना कप भलिबल प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १८२ पटक पढिएको
बेनीमा मोना कप भलिबल प्रतियोगिता सुरु

बेनीमा बुधवार देखि प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अधिवेशनको अवसर पारेर बेनीको खुल्ला मञ्चमा अायाेजित पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा जिल्लाका बेनी नगरपालिका,मंगला ,मालिका,धवलागिरि,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाएका छन् ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई पालिकालाई क्रमशः एकलाख पचास हजार,७५ हजार,पचास हजार र सान्त्वना पुरस्कार २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।