FLASH NEWS
  • Loading...

दशैंकाे मुखमा फेरी वर्षाकाे संभावना, कृषीमा क्षती पुग्न सक्छ

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २५१ पटक पढिएको
दशैंकाे मुखमा फेरी वर्षाकाे संभावना, कृषीमा क्षती पुग्न सक्छ

वर्षा सकिएर उल्लासमय दिन सुरू हुने वेलामा फेरी असाेज २४–२५ गते नेपालकाे मध्यदेखी पूर्वी क्षेत्रमा  हल्कादेखी मध्यम खालकाे बर्षाकाे संभावना माैषम विदहरूले अनुमान गरेका छन ।

यस वर्षकाे मनसुन बाहिरिने अनुमान गरिएका अन्तिम दिनमा  र दशैंकाे संघारमा असाेज अन्तिममा फेरी अर्काे पानी पर्ने मनसुन पूर्वानुमान धान भित्राउने संघारमा रहेका कृषककालागी भने सुखद हैन ।

पछिल्ला वर्षमा पानी पर्ने दिन लम्बिने र ढिला सकिने मनसुनी प्रवृत्ति देखिएकाे छ । र यस वर्षपनी मनसुन सरदरभन्दा कम्तीमा एक साताबढी दिन लम्बिने प्रस्ट छ। जल तथा मौसम विज्ञान विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट असोज १९ मा मनसुन बाहिरिन सुरू गरेपनि देशका बाँकी भूभागबाट मनसुन बाहिरिन अक्टुवर १२ (असाेज २५) नाघ्ने छ ।

सन् २०१३ मा त सबैभन्दा ढिला अर्थात् १९ अक्टोबरसम्म (कात्तिक २ सम्मै) मनसुन लम्बिएको थियो। यस वर्ष सहित पछिल्ला लगातार पाँच वर्ष अक्टोबरको दोस्रो सातापछि मात्रै देशबाट मनसुन बाहिरिएको छ। यसले पछिल्ला दुई दशकमा मनसुनको प्रवृत्ति फेरिएको प्रस्ट्याउँछ।