FLASH NEWS
  • Loading...

एमाले म्याग्दीले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २४९ पटक पढिएको
एमाले म्याग्दीले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली

नेकपा एमाले म्याग्दीले हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ ।

नेकपा एमाले उपमहाँसचिव पृथ्वीसुब्बा गुरूङकाे उपस्थितीमा मंगलवार बेनी नपा, २ हाँडेभीर स्थित एमाले पार्टी कार्यालयमा  श्रद्धाञ्जली सभा गरेकाे जनाएकाे छ । सरकारले अाज राष्ट्रिय शाेक घाेषणा गरेकाे थियाे । इजरायलमा हमास आक्रमणमा परी अहिलेसम्म १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको सरकारले जनाएको छ ।

श्रद्धाञ्जली सभा कार्यक्रममा एमाले स्थाइ समिती सदस्य थममायाँ थापा, केन्द्रीय सदस्यद्वय भुपेन्द्र थापा, नरदेवी पुन, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मासमेत सदस्यहरू, जिल्ला अध्यक्ष समेत पदाधिकारी र कार्यकर्ताहरू सहभागी भएकाेले एमाले म्याग्दीका उपाध्यक्ष वालकृष्ण सुवेदीले बताए ।

प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको थियो ।