FLASH NEWS
  • Loading...

नेपालमा धार्मिक अतिवादी घुसपैठ, ११ समूह राजधानीमा, हिंसा भड्कने खतरा बढ्दै

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १७७ पटक पढिएको
नेपालमा धार्मिक अतिवादी घुसपैठ, ११ समूह राजधानीमा, हिंसा भड्कने खतरा बढ्दै

केही समयदेखि नेपालका विभिन्न क्षेत्रहरुमा जारी अतिवादी गतिविधिहरुले खतरनाक संकेत गर्न थालेको डिसी नेपालले समाचार प्रकाशित गरेकाे छ।

प्रकाशित समाचार अनुसार विशेषत अतिवादलाई प्रोत्साहन गर्न समूह नै बनाएर यसलाई भड्काउने तत्वहरु नेपालका विभिन्न शहरहरुमा घुसेको सूचनाहरु प्राप्त भएर पनि सरकार बेखबर झैं बसेको छ। नेपालमा हिन्दू धार्मिक भावनालाई बढी उत्तेजित पार्ने र त्यसमार्फत तनाव श्रृजना गर्ने तत्वहरुबारे राष्ट्रिय अनुसन्धान विभागलाई जानकारी प्राप्त भएकाे पनि समाचारमा उल्लेख छ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मातृ संगठन राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस) का लगाएतका ११ वटा अतिवादी समूहरु राजधानी समेत छिरिसकेका छन्।

यसबारे विभागले गृहमन्त्रालयमा समेत यसबारे जानकारी गाराइसकेको सो स्रोतले बताएको छ। यति हुँदा हुँदै पनि सकारले यसबारे उपयुक्त नीति बनाउन सकेको छैन।

भारतबाट छिरेका अतिवादीहरुकै कारण सर्लाही, नेपालगञ्ज, पूर्वको धरानलगायतका विभिन्न शहरहरुमा हिन्दूहरुलाई उत्तेजित पार्ने काम भएको स्रोतको दावी छ। संयमता कायम गरौं भन्नेबाहेक कुनै रणनीति बनाउन गृहमन्त्रालय र नेपाल सरकार असक्षम जस्तै देखिएको छ।

केही दिनअघि बसेको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बैठकमा पनि धार्मिक अतिवादी तत्वहरु सक्रिय रहेकोबारे छलफल भएको थियो तर सो बैठकले भारतीय धार्मिक अतिवादीहरु भारतको योजना र सहयोगमा नेपालमा उत्पात मच्चाउने आएको छ भन्ने कुरालाई भने छलफल गर्न सकेन।

एक उच्च स्रोतका अनुसार, नेपालको हाल कायम रहेको संविधानलाई काम नलाग्ने घोषणा गरी यो व्यवस्थालाई उल्ट्याउने र हिन्दू राज्यसहितको संविधान जारी गर्ने योजनाअन्तर्गत भारतीय अतिवादीहरु नेपालमा हिन्दूत्वको भावनालाई भड्काउने र हिंसाका घटनाहरु बढाउने योजनामा सक्रिय रहेका छन्।

कुनैबेला भारतका लागि कम्फर्टेबल सरकार बनाउने घोषणा गरेका हालका प्रधानमन्त्री दाहालले यो अतिवादी प्रयासलाई कसरी निष्तेज बनाउन सक्लान्?