FLASH NEWS
  • Loading...

ढोरपाटनमा ८ जना शिकारी पर्यटकले १९ वन्यजन्तुको शिकार हर्दै, नेपाली शिकारी अाएनन

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १९८ पटक पढिएको
ढोरपाटनमा ८ जना शिकारी पर्यटकले १९ वन्यजन्तुको शिकार हर्दै, नेपाली शिकारी अाएनन

-गुगलमा प्राप्त ढाेरपाटन शिकार अारक्षमा गरिएकाे निलभेडाकाे शिकार र शिकारी ।

मुलुकको एक मात्र शिकार खेल्ने ठाउँ ढोरपाटन शिकार आरक्षमा वसन्तयामको शिकार खेल्न विदेशी शिकारी पर्यटक शिकार क्षेत्रमा पुग्न थालेका छन ।
यो बर्षको शरदयामको याममा सिकार खेल्न पाँच जना अमेरिकन, एक जना जर्मन, एक रसियन र एक जना वुलरियाका समेत ८ जना शिकारी पर्यटकले राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट ८ वटा नाउर (निलभेडा), ४ झारल (हिमाली थार) र ७ वटा वँदेल सहित १९ वटा वन्यजन्तुकाे शिकार हुने भएको छ ।
ढोरपाटन शिकार आरक्ष अर्न्तगत पूर्वी रुकुममा पर्ने दोगाडी शिकार ब्लगमा शरदयामको पहिलो शिकार खेल्न अमेरिकी शिकारी पर्यटक नाथन हन्टर भेनर शिकार आरक्ष क्षेत्र पुगेका छन । भेनरले असोज १७ गतेदेखी २८ गतेसम्ममा एक वटा नाउर र एक वटा बँदेलको शिकार गर्न आएको ढोरपाटन शिकार आरक्षको कार्यालय ढोरपाटनले जनाएको छ ।
आरक्षका अनुसार यस वर्ष हिमालय सफारीबाट पूर्वी रुकुममा पर्ने दोगाडी, सेङ र सुन्दह ब्लकमा शिकार खेल्न ५ जना अमेरिकी शिकारी, नेपाल ट्राभल एक्सपिडिसनबाट पूर्वी रुकुमको घुस्तुङ व्लग र बाग्लुङ जिल्लामा पर्ने फागुने तथा वार्से ब्लगमा नाउर, झरल र बंदेल एक–एक वटा शिकार खेल्न अमेरिकी शिकारी पर्यटकले अनुमति लिएका छन ।
त्यस्तै, ग्लोवल सफारीबाट बाग्लुङको फागुने ब्लकमा नाउर, झारल र वंदेलको शिकार खेल्न रसियन पर्यटक शिकारी, ट्रयाक्स एण्ड ट्रेलबाट पूर्वी रुकुमको घुस्तुङ ब्लगमा नाउरको शिकार खेल्न बेलारुसका एक शिकारी र सोही ब्लगमा नाउर, झारल र बंदेलको शिकार खेल्न जर्मन शिकारीले अनुमति लिएका छन । शिकार अनुमति पाएका सवै शिकारीले असोज १७ गतेदखी कात्तिक २८ गतेसम्म तोकिएको ब्लकमा स्वीकृत वन्यजन्तुको शिकार खेल्न बढीमा ४०–४० थान मात्र गोली प्रयोग गर्न पाउने छन ।
ढोरपाटन शिकार आरक्षमा २०४४ सालदेखी विदेशी शिकारीले मात्र नाउर र झारलको शसुल्क शिकारबाहेक पुरक शिकारको रुपमा एक–एक वटा बँदेल र रतुवा तथा १० वटासम्म चराको निःशुल्क शिकार गर्न पाउने ब्यवस्था छ ।
राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपाली शिकारीलाई पनि छुट्टै बँदेल शिकार खेल्न खुल्ला गरेपनि कोही शिकारीले शिकार अनुमति लिएनन । निकुञ्जले २४ वटासम्म बँदेल शिकार गराउन नेपाली शिकारीलाई पनि शिकारमा सहभागी गराउने खोजेको थियो ।
वन्यजन्तु विभागले बँदेललाई कृषी हानीकारक वन्यजन्तु घोषणागरी कृषकलाई वारीमा खेती नष्ट गरेमा मार्न अनुमति पनि दिएको छ । ढोरपाटनमा नेपालीले बँदेलको अनुमति लिएर शिकार गर्न पाएपनि नाउर, झारल लगाएत अन्य वन्यजन्तुको भने शिकार गर्न पाउने छैनन ।
आरक्ष भित्र पर्ने र सीमावर्ती वस्तीका बासिन्दाले बँदेलले बालीनालीमा ठूलो क्षति पुर्‍याउने र खेतवारीमा काम गर्न गएका कृषकलाई समेत आक्रमण गर्ने गरेको गुनासो सम्बोधन गर्ने, आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने तथा राजश्वसमेत वृद्धी गर्ने उद्देश्यले नेपाली शिकारीलाई पनि शिकार खुल्ला गरेको ढोरपाटन शिकार आरक्षको कार्यालयले जनाएको छ ।


‘आन्तरिक पर्यटक बढाउन, राजश्व वृद्धी गर्न र मध्यवर्ती क्षेत्रका कृषकको कृषीवाली संरक्षण गर्न आउने सिजनदेखी नेपाली शिकारीलाई पनि बँदेलको सिकारमा सहभागी गराउने निर्णय भएपनि नेपाली शिकारीले टेण्डरमा सहभागी भएनन’ ढोरपाटन सिकार आरक्षको कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले भने, ‘यस अघि पनि राजश्व तिरेर अनुमति प्राप्त विदेशी शिकारीले तोकिएका वन्यजन्तु बाहेक सप्लीमेन्टीको रुपमा एक बँदेल, एक रतुवा र १० वटा चरा मार्न पाउँथे । कसैले सप्लिमेन्ट शिकार गर्थे, कसैले गर्दैनथे । बँदेलको संख्या बढी देखिएकोले नेपाली शिकारीलाई पनि सहभागी गराउन लागेका हौं ।’
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार बँदेल पाईने संख्याको आधारमा उच्च घनत्व, मध्य घनत्व र न्यून घनत्वको आधारमा छुट्टै बँदेल शिकार ब्लक बनाईएको छ । ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्र बँदेलको उच्च घनत्व क्षेत्रमा पर्छन ।
धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई विसं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षको एक तिहाई भाग हिमाली चरन क्षेत्र/खर्कले ओगटेको छ । एक तिहाई बन तथा पहाडले र बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो ।
मुलुकको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल शिकार खेल्न विश्वभरका नामुद शिकारी ढोरपाटनमा ओईरिने गर्छन् । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (द्यगिभ कजभभउ) हो । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भदौ चौंथो हप्ता ढोरपाटन शिकार आरक्षमा शिकार खेल्न इच्छुक शिकारीलाई टेण्डर गराउने गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएरु सेङ, घुस्तुङ, दोगाडी, बार्से, फागुने, सुनदह र सूर्तिवाङ्ग ब्लकमा नाउर, झारल र बँदेलको शिकार खेल्न पाईन्छ । तर शिकारीलाई एकै स्थानमा शिकार गर्न भने निषेध छ ।
हतियार वा पासोको सहायताद्धारा जनावर वा पंछिको प्राकृतिक वासस्थानको सेरोफेरोमा मार्ने प्रकृया लाई ि्शकार खेल्ने र जंगली जनावरको माशुलाई शिकार भनिन्छ । सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जंगली जनावरको शिकार गर्ने संस्कृति आजको आधुनिक विश्वमा महंगो सोखको माध्यम बनेको छ । शिकार खेल्नु निक्कै संघर्षपूर्ण र जोखिमपूर्ण छ तर शिकारीकालागी उत्तिकै आनन्ददायी सौख पनि । शिकार खेल्नु आर्थिक रुपमा महंगो समेत छ, कहलिएका विदेशी शिकारी मात्र हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा शिकार खेल्न आउँछन ।

ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन शिकार आरक्षले जनाएको छ । ढोरपाटनमा हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने शिकार गर्न निषेध छ ।
ढोरपाटन पुग्न बाग्लुङ्ग सदरमुकामबाट ढोरपाटनसम्मै गाडीमा पुग्न सकिन्छ । शिकार आरक्षले नजिकै क्याम्पिङ्ग ग्राउण्डको समेत ब्यवस्था गरेको छ । ढोरपाटन शिकार आरक्षमा असोज–कात्तिक र चैत–बैशाख गरी दुई सिजनमा शिकार गर्न सकिन्छ ।
राष्ट्रिय निकुञ्जबाट शिकार अनुमति लिएका शिकारीले ढोरपाटन स्थित शिकार आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र शिकार गन्तब्यमा जान पाउँछन । अनुमति प्राप्त शिकारीले राती शिकार खेल्न, बच्चा र पोथी प्रजातीका वन्यजन्तुको शिकार गर्न पनि निषेध छ ।
राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण नियमावली २०३० को दफा ७ को (क), (ख) र (ग)मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाईन्छ ।