FLASH NEWS
  • Loading...

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १६४ पटक पढिएको
एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । शर्माले मायानाथ अधिकारीलाई हराउँदै विजयी भएका हुन ।

नवराजमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो । गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले ५ सय ३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत पाए ।

सचिवमा लमजुङका धनञ्जय दवाडीले कास्कीका रश्मि आचार्यलाई पराजित गरे । दवाडीको ५ सय २० मत आउँदा आचार्यले ३ सय ३७ मत पाए । उपसचिवमा कास्कीका दामबहादुर विक ४ सय ९९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६२ पदका लागि ३ सय ८२ ले उम्मेदवारी दिएका थिए ।