FLASH NEWS
  • Loading...

एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लम्जुङका मायानाथ अधिकारीकाे प्यानल प्रतिस्पर्धामा

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २८१ पटक पढिएको
एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लम्जुङका मायानाथ अधिकारीकाे प्यानल प्रतिस्पर्धामा

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि अहिलेकै अध्यक्ष नवराज शर्मा नेतृत्वको ‘प्यानल’ तयार भएको छ ।

म्याग्दीका शर्मा अध्यक्ष, स्याङ्जाका मीनप्रसाद गुरुङ उपाध्यक्ष, लमजुङका धनञ्जय दवाडी सचिवको उम्मेदवार बनेर टिम तयार भएको छ । सो टिममा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दानबहादुर विक उपसचिवको उम्मेदवार छन् ।

एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङसँगै आफूहरुले सर्वसम्मतको प्रयास गरेपनि असफल भएको उपमहासचिव गुरुङले बताए । ‘अन्तिमसम्म हामी सहमतिका लागि प्रयास गरेका हौं । उहाँहरु (अर्को पक्ष) सर्वसम्मतका लागि खुला हुनुभएन,’ उनले भने, ‘पद्मा र किरणको साथ मलाई छ ।’

लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम विक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने टिम मंगलबारै तयार थियो । सो टिममा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उपसचिवको उम्मेदवार छन्। शर्माको पक्षको लेखा आयोग अध्यक्ष उम्मेदवार नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष उम्मेदवारमा गोर्खाका गिरधारी सापकोटा बनेको छ । आयोगको सचिवमा बाग्लुङका वीरबहादुर विकको उम्मेदवारी टुंगिएकाे छ ।