FLASH NEWS
  • Loading...

एमाले गण्डकी अधिवेशनः सदस्यमा २७ जना निर्विरोध

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १९३ पटक पढिएको
एमाले गण्डकी अधिवेशनः सदस्यमा २७ जना निर्विरोध

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् । निर्विराेध हुनेहरूमा प्रायः नवराज शर्मा समुहका छन ।

यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरुकाे आदिवासी जनजाति महिला तर्फ जोगमाया महतो, निर्मला थापा, लालसुब्बा गुरुङ, अल्पसंख्यक महिला र सुनकुमारी भुजेल घर्ती छन ।

त्यसैगरी संङ्घिय निर्वाचन क्षेत्र भूगाेल तर्फ गोरखा १  टिकानारायण श्रेष्ठ, गाेरखा २ हरिप्रसाद काफ्ले, बाग्लुङ १ लिला राना, बागलुङ २ टंकप्रसाद शर्मा पौडेल, इन्द्रधारा विष्ट मुस्ताङ र मनाङ चिन घले निर्विराेध भएका छन ।

जिल्ला भुगाेल तर्फ म्याग्दीका हरीकृष्ण श्रेष्ठ, किरण सापकाेटा, मनाङका बाबुराम नेपाली, पेम्बा घले, मुस्ताङ हेमेन्द्र शेरचन, शर्मिला गुरूङ,  लम्जुङका प्रेमबहादुर घले, फुलबहादुर थापा, लक्ष्मी अधिकारी, विष्णुमायाँ राना निर्वाचित भएका छन ।

जिल्ला भूगाेल दलित तर्फ नवलपुरबाट कृष्णबहादुर विके, लम्जुङबाट दलित तर्फ नन्दराम विश्वकर्मा, म्याग्दीका पुष्कर विक, मुस्ताङबाट  तिलक विक तथा  प्रदेश मजदुर (महिला)मा संगिता पाण्डे निर्वाचित भएका छन । त्यस्तै, लेखा समितिमा महिला सदस्य मन्जु केसी र रेखा पौडेल निर्विराेध भएका हुन ।