FLASH NEWS
  • Loading...

भुकम्पपछि खसेकाे पहिरोमा परि बझाङमा एक महिला वेपत्ता, ९ जना घाइते

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १८७ पटक पढिएको
भुकम्पपछि खसेकाे पहिरोमा परि बझाङमा एक महिला वेपत्ता, ९ जना घाइते
बझाङमा भुकम्पसँगै आएको पहिरोमा परि एक जना महिला वेपक्ता भएकी छन । जयपृथ्वी नगरपालिका वडा नं –११ ओखल गाउँकी गुनदेवी धामी भुकम्प सँग आएको पहिरोमा परि वेपक्ता भएको प्रहरीले जनाएको छ । उनि टिमुर टिप्न गाउँ नजिकैको जंगलमा गएकी थिइन ।
यस्तै भुकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा गरी नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिकामा ४ जना, मष्टा गाउँपालिकामा २ जना र केदारस्युँ, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा एकएक जना गरी नौ जना घाइते भएका हुन । यस्तै भुकम्प पछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छविस पाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएकाे थियाे ।