FLASH NEWS
  • Loading...

भारी वर्षापछि पहिरोले म्याग्दीमा सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २५४ पटक पढिएको
भारी वर्षापछि पहिरोले म्याग्दीमा सडकमा यातायात अवरुद्ध

सोमबार साँझदेखी रातभर परेको भारी वर्षापछि बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैसरी र कुनौटो त्यस्तै अन्नपूर्ण गाउँपालिका, २ नौनीबगर र ३ गुईठेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यातायात अवरुद्धहुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागवेनी/मुक्तिनाथमा सोहृ श्राद्ध गर्न गएका तिर्थालुहरु बाटोमा अलपत्र परेका छन । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरु फसेका छन । यात्रुहरूले कष्टपुर्ण घुमाउराे र जाेखिमयुक्त यात्रा गरिरहेका छन ।

त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिम तर्फ बेनी–दरवाङ सडकको बेनी नपा, ४ फापरखेत र मालिका गाउँपालिका, ६ बाङ्गेपहिरोमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ । पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाहरु सोझो याातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।