FLASH NEWS
  • Loading...

बझाङको तल्कोट केन्द्रबिन्दु भएर भुकम्पकाे धक्का, क्षतीकाे विवरण अाउन बाँकी

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १५९ पटक पढिएको
बझाङको तल्कोट केन्द्रबिन्दु भएर भुकम्पकाे धक्का, क्षतीकाे विवरण अाउन बाँकी

बझाङमा भुकम्पको कडा धक्का महसुस गरिएको छ । दिउँसो ०३ बजेर ०६ मिनेटमा गएको भुकम्प ६.३ म्याग्निच्युडको रहेको छ । यस अघी  मंगलवार नै २ बजेर ४० मिनेटमा  ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएकाे पनी भुकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामागंले बताए ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भुकम्प बझाङको तलकोट केन्द्रबिन्दु बनाएर गएकाे हाे । उक्त भुकम्पको धक्का सुदुरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्ला भरी विभिन्न ठाउँमा घरहरु चर्केको जानकारी आए पनि क्षतिको एकिन विवरण भने आउन बाँकी छ । पटक पटक पराकम्पन गइरहेको हुनाले अहिले स्थानियहरु घर बाहिर खुला चौरमा बसिरहेका छन ।