FLASH NEWS
  • Loading...

एमाले गण्डकीको निर्वाचन तालिका सार्वजनिक, मतदान बुधबार

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १७० पटक पढिएको
एमाले गण्डकीको निर्वाचन तालिका सार्वजनिक, मतदान बुधबार

सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकीको पहिलो प्रदेश अधिवेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक भएको छ ।

अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ । तालिका अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् ।

साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७:३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ । बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए ।

सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।

अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर नवराज शर्मा र स्थायी समिति सदस्य खगराज अधिकारी पक्षधर मायानाथ अधिकारी अध्यक्षका दाबेदार छन् ।