FLASH NEWS
  • Loading...

बेनी–दरवाङ सडकको फापरखेतमा जहिल्यै पहिरोको त्रास, ‘भाग्य’ बाँचेका यात्रु

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • २४७ पटक पढिएको
बेनी–दरवाङ सडकको फापरखेतमा जहिल्यै पहिरोको त्रास, ‘भाग्य’ बाँचेका यात्रु

आईतवार विहान दरवाङबाट बेनी तर्फ आईरहेको यात्रुबाहक बस बेनी नगरपालिका र मंगला गाउँपालिकाको सीमा स्थल फापरखेतको कुईनेटोमा पहिरोमा पर्‍यो । गुडिरहेको बसको अघी र पछि पहिरो झरेपनि संयोगले बसमा पहिरो परेन र यात्रु सुरक्षित रहने सके । फेसवुक प्रयाेगकर्ता राजकुमार पाण्डेले अाइतवार विहान फापरखेत पहिराेकाे दर्दनाक भिडियाे हेर्नेकाे मन सिरिङ्ग हुने गरेकाे छ ।
बेनी–दरवाङ सडकको बेनी नपा, ४ तातोपानी र मंगलागाउँपालिका, २ सिमलचौर सीमा स्थल फापरखेतमा पहिरो खसेको यो पहिलो पटक होईन । न यात्रु जोखिममा परेको घट्ना पहिलो हो । बेनी–दरवाङ सडक अर्न्तगत फापरखेतमा २०५५ सालमा सडक निर्माण भएयता बर्षेनी जहिल्यै वर्खा याममा बढी र हिउँदमा समेत सास्ती दिने गरेको छ ।
स्थानिय विकास मन्क्रालयको कृषी तथा स्थानिय स्तरका सडक आयोजना अर्न्तगत विश्व खाद्य संगठनको चामल र खाने तेल अनुदान सहयोगबाट कामका लागी खाद्यान्न कार्यत्रम अर्न्तगत ०५५ माघबाट बेनी–दरवाङ सडक निर्माण सुरु भएको थियो । बेनी–दरवाङ्ग २४ किलोमिटर मध्य बेनी–बाबियाचौरसम्म १४ किलोमिटर सडक खनेपछि तत्कालिन विद्रोही माओवादीले अवरुोध गरेकोमा ०६२ पुसबाट पुनः निर्माण सुरु भै ०६३ मा सडकको ट्रयाक निर्माण भएको थियो ।
फापर खेतमा बर्षेनी पहिरोले सास्ती दिएपछि एशियाली विकास बैंकको रिण सहयोगमा कृषी सडक विभागद्धारा संञ्चालित विकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (म्च्क्ष्एी) अर्न्तगत बेनी–दर्वाङ्ग सडकको स्तर वृद्धी गर्ने क्रममा म्याग्दीखोलाबाट आरसिसी फाउण्डेसन सहित वाल उठाएर सडक चाक्लो बनाईएको थियो । तर सो सडक पनि म्याग्दीखोलाको बाढीले बगाएको थियो ।
फापरखेत पहिरोले बर्षेनी दुख दिने गरेपछि उक्त पहिरोको विकल्पमा फापरखेतबाट बरंजाजाने पुल तरेर पखेर गै पखेर–सिमलचौर पुलको संभावना अध्ययन गर्ने चर्चा सुरु भएको छ । पापरखेतको पहिरोमा पछिल्लो २४ बर्षमा पहिरो पन्छ्याउन बर्षेनी कति खर्च भयो कुनै हिसाव छैन । फापरखेतमा अहिलेसम्म वेहिसाव खर्च भएको छ । जानकारहरुका अनुसार अहिलेसम्म फापरखेतको पहिरो पन्छ्याउन गरिएको खर्चले पुरै सडक पीच हुने अनुमान गर्छन ।
हाल सदरमुकामबाट पश्चिम मंगला, मालिका र धवलागिरी गाउँपालिका र पश्चिम बाग्लुङको वुर्तिवाङ र ढोरपाटन क्षेत्र जोड्ने बेनी–दरवाङ २४ किमी सडक पनि तीन प्याकेज बनाई ठेक्का लगाई धमाधम काम भैरहेको छ । को छ । तीन वटा प्याकेजमध्य सुरु खण्ड बेनी–सीमसम्मको १२ं.५ किलोमिटर कालोपत्रे स्तरमा स्तरउन्नत गराउन धमाधम काम सुरु भएको छ ।