FLASH NEWS
  • Loading...

पर्वतको चुवामा खोलाले जीप बगाउँदा तीन जना बेपत्ता

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ६०४ पटक पढिएको
पर्वतको चुवामा खोलाले जीप बगाउँदा तीन जना बेपत्ता

बाढीले जीप बगाएकाे सिम्बाेलिक तस्वीर ।

पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं ७ तमादीखोलामा आएको बाढीले ग१ ज ६२१३ नम्मरको टाटा सुमो जिप सहित तीन जना यात्रु बगाएको छ ।

शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रु सहित जिप बगाएको हो । बाढिको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले सवारी सधान बगाएको भनिएकाे छ । सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापा लाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।

सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका यात्रुहरू बीचैमा अलपत्र परेका छन् । डिएसपि खुमलाल भुसालले सडक खुलाउने कार्य भईरहेको र हराएको सवारी सहित यात्रुहरूको खोजिकार्य भइरहेको बताए । जीप सहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।