FLASH NEWS
  • Loading...

मल्लाजको भवानीपानीमा हेलिप्याड निर्माण

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १४४ पटक पढिएको
मल्लाजको भवानीपानीमा हेलिप्याड निर्माण

पर्बतको जलजला मल्लाजमा  निर्मित हेलिप्याड हस्तान्तरण गरिएको छ ।

जलजला गाउँपालिका वडा नं  ४ को आर्थिक ब्यवस्थापन र श्री नयां रणभीम गुल्मको जनशक्ति ब्यवस्थापनमा मल्लाजको भवानिपानीमा निर्मित नागरिक मैत्री हेलीप्याडको निर्माण गरिएकाे हो ।

हेलिप्याड निर्माण भएसंगै मल्लाज र यस आसपासका बासिन्दाकाे हेलिकाेप्टरबाट अापतकालिन उद्धारमा सहयाेग पुग्ने छ । हेलिप्याड नहुँदा अापतकालिन उद्धारमा हेलिकाेप्टर ल्याण्ड गराउन समस्या भै कृषककाे खेतवारीमा ल्याण्ड गराउनु पर्ने बाध्यता थियाे ।

हेलिकाेप्टर अड्याउन निश्चित दुरीमा रूख, तार लगाएतका अल्झन हुनु हुँदैन । हेलिप्याडकाे अाप्नै मापदण्ड हुने भएकाेले सेनाकाे प्राविधिक सहयाेग लिने गरिएकाे छ ।