FLASH NEWS
  • Loading...

धौलागिरी अस्पतालमै ‘सीटी स्क्यान’ सेवा

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १२९ पटक पढिएको
धौलागिरी अस्पतालमै ‘सीटी स्क्यान’ सेवा

धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । अस्पतालले हालै खरिद गरेको मेसिनको उद्घाटन भएसँगै सेवा सुरु भएको हो ।

‘सीटी स्क्यान’ मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी छन् ।

करिब ७ करोड रुपैयाँ लागतमा सीटी स्कान मेसिन जडान गरिएको हो । सीटी स्क्यान मेसिन जडान गरिएपछि शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान बागलुङबाट हुने छ ।