FLASH NEWS
  • Loading...

मालिकाकाे महभीरमा पहिरो, दुई घर पुरिए, १६ घर जोखिममा

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १८३ पटक पढिएको
मालिकाकाे महभीरमा पहिरो, दुई घर पुरिए, १६ घर जोखिममा

बुधबार विहान राती वस्ती माथिबाट खसेको पहिरोले म्याग्दीकाे मालिका गाउँपालिका–४,महभिर स्थित ओडारबोटका दुई घर पुरिएकाे  छ।

राती २ बजे भारी वर्षापछि वस्ती माथिको सिद्धथान भिरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो ।

पहिरोले कालेकामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पुर्याएकाे घट्नास्थल पुगेका मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्वुजाले बताए । पहिरोले मानवीय क्षती नभएपनि घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् । कमजोर र भिरालो भुगोलका कारण पहिरो गएको स्थानीयबासीको भनाइ छ । पहिरोले सोही वस्तीका करिब १६ घर समेत जोखिममा परेका छन् ।