FLASH NEWS
  • Loading...

आजको मौसम: हल्कादेखी मध्यम वर्षाकाे सम्भावना

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १४५ पटक पढिएको
आजको मौसम: हल्कादेखी मध्यम वर्षाकाे सम्भावना

भारतको पूर्वी तटमा रहेको न्यून चापीय क्षेत्रकाे प्रभावले शुक्रवार नेपालकाे अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्टयाङ र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।