FLASH NEWS
  • Loading...

पिप्ले श्वास्थ्य चाैकीमा एक्सरे मेशिन छ, कहिल्यै प्रयोग हुँदैन

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६८ पटक पढिएको
पिप्ले श्वास्थ्य चाैकीमा एक्सरे मेशिन छ, कहिल्यै प्रयोग हुँदैन

‘माल पाएर चाल नपाएको’ भन्ने नेपाली उखान झै भएकाे छ, पिप्ले श्वास्थ्य चाैकी । रघुगंगा गाउँपालिका, ३ स्थित पिप्ले श्वास्थ्य चौकीमा भिडियो एक्सरे, एक्सरे मेशिन तथा रगत, दिशापिसाव समेत परिक्षण गर्न सकिने प्रयोगशाला लगाएतका श्वास्थ्य उपकरण प्रयोगहीन छन ।

०७८ सालमा खरिद गरिएको पोर्टेवल भिडियो एक्सरे, एक्सरे मेशिन चलाउने तालिम प्राप्त कर्मचारी नभएकोले श्वास्थ्य उपकहरहरु दुई वर्षदेखी थन्केर बसेका छन । लामो समयदेखी प्रयोगहीनहुँदा उपकरणहरु धुलोले छोपिएको अवस्थामा रहेको स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद पाण्डेले बताए ।


पिप्ले स्वास्थ्य चौकीमा कार्यरत अनमी देवी रानालाई भिडियो एक्सरे मेशिनसहित रघुगंगा गाउँपालिकाको श्वास्थ्य शाखामा तानेको छ । पालिका भरीका अरु श्वास्थ्य चौकीहरुमा भिडियो एक्सरे मेशिन नभएकोले पिप्ले स्वास्थ्य केन्द्रको पोर्टेवल (बोकेर हिंड्न मिल्ने, सानो र ब्याक्ट्री ब्याकअप सहित) भिडियो एक्सरे मेशिन पुर्‍याएर आलोपालो विरामीको श्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।

मेशिनले धेरै रोगको परिक्षण नर्ग सकिने भएपनि रघुगंगा गापामा भने गर्भवती महिलाहरुको गर्भमा रहेको भ्रुणको अवस्था हेर्न मात्र प्रयोग हुने गरेको छ ।
‘पालिकाभरीमा एउटा भिडियो एक्सरे मेशिन छ । त्यसैले पालिकामा रहेकी श्वास्थ्यकर्मी रानाले झोलामा भिडियो एक्सरे मेशिन बोक्दै एक हप्तामा एउटा श्वास्थ्य चौकी पुगेर त्यहाँका गर्भवतीहरुको गर्भ/शिशुको अवस्था परिक्षण गर्ने गरिएको छ’ पिप्ले श्वास्थ्यकेन्द्र प्रमुख सिनियर अहेव पाण्डेले भने, ‘सेवाग्राहीले सुविधा पाउने कुरामा हाम्रो मेशिन र जनशक्ति दिन्नौं भन्न पनि सुहाएन । झन धेरै विरामी/गर्भवतीले लाभ पाएका छन ।’

श्वास्थ्य केन्द्रको एक्सरे मेशिन मात्र होईन प्रयोगशालामा पनि ल्याव टेक्निनियन नहुँदा लामो समयदेखी बन्द छ । निजी स्रोतबाट नियुक्त गरिएका ल्याव टेक्निसयनले सेवा छोडेपछि चार महिनादेखी रगत, पिसाव समेत आधारभुत तहको प्रयोगशाला पनि बन्द भएको हो ।

‘जिल्लामा सदरमुकामपछि सवैभन्दाबढी जनघनत्व भएको र भौगोलिक रुपमा सवैको पाएक पर्ने क्षेत्र भएपनि हामी राजनैतिक खिचातानीको सिकार बनेका छौं । यहाँ बन्नु पर्ने ५ शैयाको अस्पताल पल्लो छेउमा पुगेको छ । अरु त अरु श्वास्थ्य केन्द्रमा भएका एक्सरे मेशिन र ल्याव सेवा समेत कर्मचारी ब्यवस्थापन नहुँदा बन्द भएको छ’ रघुगंगा गाउँपालिका, ३ का वडाध्यक्ष खिमबहादुर शाहीले भने, ‘पालिकासँग ल्याव टेक्निसियन नियुक्त गरौं र यहीं भएका स्थानीय जनशक्तिलाई एक्सरे मेशिन चलाउने तालिम दिएर उपकरणहरु उपयोग गरौं भनेका छौं । गाउँपालिका नेतृत्वले चासै राख्दैन ।’