FLASH NEWS
  • Loading...

जेसीज क्षेत्र ‘ख’ सम्मेलनका पाहुनाकाे सत्कारमा तम्तयार बेनी

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६४ पटक पढिएको
जेसीज क्षेत्र ‘ख’ सम्मेलनका पाहुनाकाे सत्कारमा तम्तयार बेनी

म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखी सुरू हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनकाे तयारी पुरा भएकाे छ । असोज ४-५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दैछन ।

म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा अर्थ्याउँदै अाएकाे छ ।सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी बताए ।

सम्मेलनमा सहभागी हुने जेसिजकर्मी, अतिथी र पर्यवेक्षककाे स्वागतमा बेनीबासीले  तुल, व्यानर र धोजापतकाले बजार सजाएका छन । सम्मेलनमा भाग लिन आउने अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम सकिएको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ ।