FLASH NEWS
  • Loading...

जब मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर लगाएर

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६५ पटक पढिएको
जब मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर लगाएर

बेनी नगरपालिकाका मेयर सुरत केसीले  नगरक्षेत्रमा ताेकिएकाे सडक मापदण्ड भित्र नपरेका सडक विस्तार गर्ने र मापदण्ड अतिक्रमण भएका संरचना हटाउने अभियानकाे अाफैबाट सुरू गरेका छन ।

 

 

मेयर केसीले अाफ्नै शेयर लगानी (संस्थापक) रहेकाे बेनी नगरपालिका, ७ कुरिलाखकर् स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमणगरी बनाएको पर्खाल र विद्यालय जाने बाटाे डोजर लगाएर भत्काएका हुन । नगरपालिकाका प्रशासकीय अधिकृत, प्राविधिकहरू तथा विद्यालयका प्रिन्सीपल रहेका भाइ राजु केसीसमेत मिडियाकर्मीहरू समेत राखेर सडक अतिक्रमण गरी बनाएका संरचना भत्काउने अभियान सुरू गरेका हुन ।

मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो । बेनी–अर्थुङे सडकखण्ड अन्तरगत विद्यालयले पैदलमार्ग तथा आपत्कालिन अवस्थामा सवारीसाधन समेत प्रयोग गर्ने मिल्ने संरचनालाई भत्काएर मापदण्ड कायम गरिएको हाे ।

‘नगरको डोजर निरन्तर चलिरहेको छ,’सडक अतिक्रमण गरेर बनाइएका संरचना सबै खाली गछौ’ मेयर केसीले भने। महारानीथानमा अतिक्रमित पर्खा हटाउन मुल सडकबाट करिब साढे ८ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ ।