FLASH NEWS
  • Loading...

छात्रा फुटबलको उपाधि जनप्रीय मावि दरबाङलाई

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ११६ पटक पढिएको
छात्रा फुटबलको उपाधि जनप्रीय मावि दरबाङलाई

म्याग्दी सदरमुकाम बेनीमा शनिवारदेखि सुरु भएको दोस्रो दोभान कप, अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रीय मावि दरवाङले जितेको छ । आईतवार भएको फाइनल खेलमा जनप्रियले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोल अन्तरले पराजित गरि उपाधि चुमेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले ४ र वेष्ट प्वाइन्टले २ गोल गरेका थिए ।

पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ र गोल प्रहार गरेकी थिईन् । सेमिफाइनलको खेलमा समेत बेनी सामुदायिक माविलाई रोक्न अस्मिताको गोल निर्णायक भएको थियो । सेमिफाइनलमा जनप्रिय माविले बेनी सामुदायिक मावि र न्यु वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई रोक्दै फाइनलको यात्रा तय गरेका थिए ।

न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजित ’९ ए साइड’ फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई बेनी नगरपालीका मेयर सुरत केसीले प्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यु वेष्ट प्वाइन्टकी निकिता सिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ती मगर, उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जि घोषित हुनुभएको छ । उहाँहरुलाई ३ हजारका दरले नगद सहित ट्रफि प्रदान गरिएको छ । बेनी सामुदायिक माविलाई अनुशासित टिमको पुरस्कार स्वरुप ५ हजार नगद प्राप्त गरेको छ ।