FLASH NEWS
  • Loading...

अस्पताल भवन चार बर्षदेखी अधकल्चो, फेसवुके विकासले के गर्नु ?

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६५ पटक पढिएको
अस्पताल भवन चार बर्षदेखी अधकल्चो, फेसवुके विकासले के गर्नु ?

सरकारै पिच्छे र जिल्लाबाट नयाँ साँसदहरू नयाँ निर्वाचित भएपिच्छे सामाजिक सञ्जालमा विकासकाे लहर अाउँछ । याेजना अायाेग देखी मन्त्री र नेतासँग सीधा सम्पर्क भएकाे धाक लगाउँदै तस्वीरहरू सामाजिक संञ्जालमा पाेष्ट गर्ने हाेडबाजी हुन्छ । प्रदेश, संघिय सरकारबाट धेरै बजेट जिल्लामा भित्राएकाे फेहरिस्त पनि खुव पढिन्छ । (संघ, प्रदेशमा प्रमुख दल एमाले, काँग्रेस र माअाेवादी केन्द्रले अालाेपालाे साँसद, मन्त्री भएका छन ।) सामाजिक संञ्जालमा जतिसुकै स्याल हुइयाँ गरेपनि ती जनता झुक्याउने अस्त्र मात्र हुन, नपत्याए बेनी अस्पताल पुग्नुस । चार बर्षदेखी अधकल्चाे अवस्थामा रहेकाे निर्माणाधिन बेनी अस्पताल भवन, झाडीमा परिणत भएकाे छ । अस्पतालमा उपचार गराउन अाएका विरामी भन्छन,  ‘सामाजिक संञ्जालकाे विकास र नेतालाइ बेनी अस्पताल भवनले कुरीकुरी गरिरहेछ ।’

सदरमुकाम बेनीमा निर्माणाधिन ५० शैयाको बेनी अस्पताल भवन सम्झौता अनुसार ०७६ मंसिर २० गतेसम्म सम्पन्न हुनु पर्थ्यो । तर चार बर्षदेखी ३ तल्ले उक्त अस्पताल भवनको अधकल्चो छ । साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गबाट ०७३ पुस २१ गते नेपाल निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष रवी सिंहको महादेव खिम्ती/उपमहाँसचिव नरहरी थपलियाको गल्वा र रविन जोशीको रफिना कन्ट्रक्सनसले जेभिमा भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का लिएका थिए ।
रवी सिंह नेतृत्वमा नेपाल निर्माण ब्यवसायी महाँसघ सरकारसँग कामको भुक्तानी माग्दै आन्दोलनरत छन । यता म्याग्दीमा भने उनै ब्यवसायी महाँसघका अध्यक्ष सिंहले ठेक्का लिएको बेनी अस्पताल भवन चार बर्षदेखी अलपत्र छ । भवन निर्माणमा संलग्न सयौं मजदुरले ज्याला नपाएर रुँदै घर फर्केका छन ।
जनप्रतिनिधीहरु र नियामक निकायले ताकेता गरेपछि भवन निर्माण ठेक्का साझेदारमध्यको कान्छो रफिना कन्ट्रक्सनका रविन जोशीले नाईके मार्फत १५–२० जना मजदुर खोजेर पठाउँछन तर आफै भने कार्यस्थलमा फर्कन्नन । मजदुरहरुले १–२ महिना काम गर्छन, ठेकदार र नाईके सम्पर्कमै नआउने र ज्याला पनि नपाएपछि बाध्य भै मजदुरहरु खाली हात फर्कने गरेका छन ।


‘हामी १९ जना थियौं । हामीलाई सिन्धुलीका ज्ञानबहादुर तामाङले असार ६ गते यहाँ ल्याएका हुन । ७ गतेदेखी काम गरेका हौं । काम गरेको ज्याला मेरो मात्र ३५ हजार छ, पसलमा रासन खाएको तिर्न बाँकी छ । सवैले विना ज्याला छोड्दै गए, म एक्लो अलपत्र परेको छु’ बेनी अस्पतालको निर्माणाधिन भवनको एउटा कुनोमा म्याट्रिस ओछ्याएर पल्टिएका काभ्रे रोशी गाउँपालिका, ३ तिमालका सन्तविर लामाले भने, ‘सवैले पैसा नपाएपछि छोड्दै गए, सोमबारसम्म दाङका एक बुढा थिए, उनीपनि घरबाट गाडीभाडा मगाएर गए । म बाटोखर्च पनि नभएकोले यहीं छु । दुई दिनदेखी खाना पनि पाएको छैन ।’
बृद्ध मजदुर लामाथले थपे, ‘साईड देखाउने दुर्गा कार्की भन्ने महिला आउँथिन, मजदुर नाईके तामाङले ठेकदारर्नी हुन भनी चिनाएका थिए । भदौं पहिलो सातादेखी न ठेकदार्नी आईन, न नाईके नै । दुवै जनालाई फोन गर्दा उठाउँदैनन । सिडिओसापको अफिस गएर जान्छु, घर फर्कने बाटो खर्च पाईन्छ की ।’
अस्पताल भवनको निर्माणस्थलमा सिमेन्ट, रड, बालुवा, गिटी समेतका निर्माण सामाग्री नभएको र मजदुरहरुले समयमा ज्याला नपाई घर फर्केपनि बेनी अस्पताल भवन हेर्ने नियामक निकाय सघन सहरी तथा भवन निर्माण कार्यालय बाग्लुङका कुनै प्राविधिक कार्यस्थलमा छैनन । कार्यालयमा सम्पर्क गर्दा कोही सम्पर्कमा आएनन ।
‘अस्पताल भवन निर्माणमा संलग्न मदजुरले ज्याला पाएनौं, उदारो पनि नपाएकोले भोकै छौं भनेर फोन गरेका थिए, निवेदन ल्याएर आउनु भनेको छु । सघर शहरी विकास तथा भवन निर्माण कार्यालयलाई भनेर मजदुरले ज्याला पाउने सुनिश्चित नभै ठठेकदारलाई भुक्तानी नदिने ब्यवस्था मिलाउने प्रयास गर्छु’ प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने, ‘चार बर्षदेखी आधाकधकल्चो अवस्थाको अस्पताल भवनले लाजमर्दो परिस्थिती बनेको छ । लिखत त केही आएको छैन, ठेकदारले फेरी मन्त्रीपरिषदबाट म्याद थपाएको सुनिएको छ ।’
सुविधायुक्त अस्पताल बन्ने विश्वासमा रहेका जिल्लाबासी चार बर्षदेखी झाडीले छोपिएको अधकल्चो संरचना देख्दा दिक्क भएका जिल्लावासीले यस अघि ठेकेदारहरुको कालो ब्यानरमा फोटो सहित चोक–चोकमा झुण्डाएर विरोध गरेपनि ठेकदारहरु टसमस भएनन । बरु सत्तारुढ नेपाली काँग्रेस निकट ठानिएका नेपाल निर्माण ब्यवसायी महाँसघका अध्यक्ष रवी सिंहले एमाललेले आफ्नो विरोध गरेको भन्दै राजनैतिक रङ भरेर पन्छिन खोजेको बताईन्छ ।
हालै काठमाण्डौ सम्पन्न साधारण सभाको बेला महाँसघका अध्यक्ष तथा बेनी अस्पताल भवनका मुख्य ठेकदार रवी सिंहलाई भेटेर बेनी अस्पताल भवनको अवस्था र जिल्लाबासीको गुनासो सुनाएका निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचनले भने, ‘तपाई निर्माण ब्यवसायी महाँसघको केन्द्रीय नेता । तपाईको ब्यक्तिगत र संस्थागत रुपमा पनि महाँसघको इज्जत राख्न पनि आएकर भवन पुरा गरिदिनुस भनें तर उहाँले एमालेले फोटो टाँसेर बेईजत गरेको र जेभीको कान्छो कन्ट्याक्टरले अहिले सम्मको हिसाव मिलान गरे आउन सक्छु भन्नु भयो । पोजेटिभ कुरा आएन ।’
निर्माण ब्यवसायीकै हेलचक्र्याईले तोकिएको समयमा काम सम्पन्न नहुँदा बनेको संरचना रुग्ण बनेको छ । ढलान र भित्ताबाट पानी चुहिन थालेको छ । छतमा पानीको ताल जमेको छ । भवनको भञ्याङ, छत र भुई तल्लाभित्र झाडी उम्रेर जंगल जस्तो बनेको छ । सटिङ गर्न विच्छ्याएका रडहरु खिला लाग्दै कुहिन थालेका छन ।
‘अस्पताल भवन भन्नु कि भुत बंगला । भवन समयमा निर्माण भएको भए जिल्लामै भेन्टीलेटर समेत विशेषज्ञ डाक्टरहरुको सुविधा यहीं पाईन्थ्यो । तीन दर्जनबढी विरामी यहाँ सामान्य भेन्टीलेटर र सिटीस्कान चलेको भएमात्र बाँच्ने थिए । कच्चीबाटोमा पोखरा पुर्‍याउँदा विरामीको मृत्यु भएको छ’ बेनी अस्पतालकी एक सिनियर नर्सले भनिन्, ‘ब्यवस्थामा धेरै सरकार फेरियो, कुर्चीमा नेता र कर्मचारी फेरिए तर बेनी अस्पतालको अवस्था फेरिएन ।’
अस्पताल भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले स्वास्थ्य सुविधामा प्रभाव परेको छ ।
पुरानो भवन भत्काईउको र नयाँ अस्पताल भवन समयमा निर्माण नहुँदा बेनी अस्पतालका विरामीले सास्ती खेप्नु मात्र परेको छैन, विशेषज्ञ डाक्टरहरुको सेवा पाउन समेत बन्चित भएका छन ।
अभिलेखमा म्याग्दी सदरमुकाम बेनीमा ५० वेडको ‘बेनी अस्पताल’ संञ्चालित छ । तर ५० वेडको अस्पतालमा हुनु पर्ने न्युनतम भौतिक पूर्वाधार तयार नहुँदा स्वीकृत दरवन्दी अनुसारका ११ जना विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट) आएका छैनन ।
‘प्रधानमन्त्री समेत विभागिय मन्त्रीहरुले जति सुकै शुसासनको कुरा गरेपनि बेनी अस्पतालको हालत हेरे राज्यको हैसियत छर्लङ्ग देखिन्छ । नेताहरुको खुट्टी हेरेरै चाल पाईयो, राज्य ठकदारहरुको दास बनेको छ’ अस्पता ब्यवस्थापन समितिका सदस्य समेत रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले भने ‘विरामीलाई जस्ताको छाप्रोमा उपचार गर्नु परेको छ । अलि डाक्टर नै नआउने भएपछि रिफरल सेन्टर बनेको छ, अस्पताल ।’
५ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा एक तल्ला अण्डरग्राउण्ड सहित ३ तल्ले अस्पताल भवन निर्माण हुन लागेको हो । भवनको पहिलो तल्लामा ओपिडि, दोस्रोमा इनडोर र तेस्रो तल्ला प्रशासनीयक प्रयोजनकालागी बन्न लागेको हो । भवन बाहेक गार्डेन, प्यासेज लगाएत थप काम पनि छन ।
ठुला ब्यवसायीले ठेक्का होल्ड गर्ने र साना ब्यवसायीलाई बेच्ने रोगबाट बेनी अस्पताल पनि प्रभावित भयो । जेभि मध्यको कान्छो रफिनाका रविन जोशिले ठेक्का विट गरेका हुन तर उनले काम गर्न सकेनन । मुख्य ठेकदार र पेटी ठेकदार विच बेलाबेलामा लेनदेनमा खटपट आउँदा पनि योजना प्रभावित हुने गरेको छ । बेनी अस्पताल निर्माणमा कम्तीमा तीन वटा पेटी ठेकदार फेरिएका छन । केही समय मुख्य ठेकदार र पेटी ठेकदारविच मुद्धामामिलामा पनि अल्झेको थियो ।
तस्वीर छ ।