FLASH NEWS
  • Loading...

दरवाङमा अाधारभुत अस्पताल उद्घाटन

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ५३१ पटक पढिएको
दरवाङमा अाधारभुत अस्पताल उद्घाटन

सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिमम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रकाे स्तराेन्नती गरी अाधारभुत अस्पतालमा बनाइएकाे छ ।

अस्पतालकाे साेमबार गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समाराेह विच उद्घाटन गरिन । पुर्व मन्त्रि पुनले दरवाङ अस्पताल बनाउन महत्वपुर्ण भुमिका खेलेकी थिइन । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको सहयोगमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ शय्या क्षमताको अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको हो ।

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति भएसँगै पश्चिम म्याग्दीका मालिका, धवलागिरी गाउँपालिका र बाग्लुङकाे पश्चिम भेगका ताराखाेला क्षेत्रका बासिन्दाले स्वास्थय लाभ पाउने भएका छन । श्वास्थ्य केन्द्रकै भवनमा ५ शय्या क्षमताका लागि आवश्यक संरचना, पूर्वाधार र जनशक्ति थप गरी अाधारभुत तहकाे अस्पताल बनाइएकाे मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्वुजाले बताए ।

 

अस्पतालमा नेपाल सरकारका एक र निक साइमण्ड साेसाइटीका एक गरी दुइ जना डाक्टरसहित जनशक्ती रहेका छन । अस्पतालमा निक साइमण्डले एक जना डाक्टर, एक जना रेडियाेलाेजिष्ट, एक स्टार्फ नर्स र प्राविधिक सहयाेग गरेकाे छ । अस्पताल भवनको भुइँ तलामा आकस्मिक उपचार कक्ष र बहिरंग विभाग सञ्चालन गर्न तयार पारिएको छ । निक साइमन इन्स्टिच्युटले १० लाख रुपैयाँ बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

अस्पताल ब्यवस्थापन गर्न मालिका गाउँपालिकाले चालु अावमा ५ लाख मुल्य बराबरकाे अाैषधी समेत ३२ लाख अनुदान दिएकाे छ । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुणस्तर सुधार  गरी अस्पताल बनाउन ०७८ साल देखी नै प्रकृया सुरू भएकाे थियाे । सुरूमा काेराेना अस्पताल र त्यसैलाइ विस्तार गरी अाधारभुत अस्पताल बनाइएकाे हाे ।

अहिलेकाे दरवाङ अाधारभुत अस्पताल संञ्चालनकाे जग अघिल्लै प्रदेश सरकार स्वस्थ्यमन्त्री नरदेवी पुन र मालिका गापाले सुरू गरेकाे थियाे । अहिलेकाे पालिका नेतृत्वले पुरानाे याेजनालाइ अपनत्व लिएर पुरा गरेकाे हाे ।