FLASH NEWS
  • Loading...

देशैभरी वर्षा हुने, गण्डकी समेत देशका एक दुई स्थानमा भारी वर्षाको संभावना

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १३५ पटक पढिएको
देशैभरी वर्षा हुने, गण्डकी समेत देशका एक दुई स्थानमा भारी वर्षाको संभावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।