FLASH NEWS
  • Loading...

धादिङ बस दुर्घटना ः मृतक ८ जनामध्य ४ जनाकाे सनाखत, सहचालककाे सकुसल उद्धार

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ५०७ पटक पढिएको
धादिङ बस दुर्घटना ः मृतक ८ जनामध्य ४ जनाकाे सनाखत, सहचालककाे सकुसल उद्धार

|Dead body in a mortuary

काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङकाे गजुरी नजिक सडकदेखी तल त्रिसुली नदीमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जना मध्य तीन जनाकाे सनाखत भएकाे छ ।

प्रहरीले दिएकाे विवरणा अनुसार मृत्यु हुनेमा म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल, कास्की फुलबारी ११ बस्ने बर्ष अं. २४/२५ को सुमन थापा र धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २४/२५ को शुशिल रम्तेलकाे सनाखत भएकाे हाे । अन्यकाे सनाखत हुन बाँकी छ ।

धार्दिङ ट्राफिक प्रहरीले दिएकाे विवरण अनुसार काठमाण्डाै टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरु ;-
१) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम रहेकाे र शर्माकाे प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा उपचार भैरहेकाे छ । अनय उपचारार्थ घाईतेहरू ;-
१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक ठकुरी टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
३) ऐ, कास्की अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
४) नामथर वतन नखुलेको अं. बर्ष ३०/४० कि महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
५) नामथर वतन नखुलेको अं. ३०/३५ को पुरुष शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) नामथर वतन नखुलेको अं. बर्ष ३५/३६ को पुरुष टाउको र हातमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर
७) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ रिफर गरिएका श्रेष्ठ अाफैले अफिस र अाफन्तलाइ फाेन गरी दुर्घटनाकाे जानकारी गराएका थिए । म्याग्दीका धेरै सामुदायीक विद्यालयमा संञ्चालित लर्न कार्यक्रमका श्रेष्ठकाे अहिले ट्रमा सेन्टरमा उपचार भैरहेकाे लर्न नेपालका प्रमुख कृष्ण तिलिजाले बताए ।

त्यसैगरी गजुरी अस्पताल प्रा.लि उपचारार्थ अन्य घाइतेहरूमध्य, 
२) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जुजाली मगर टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
३) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौ रिफर ।
४) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं. ६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
५) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
७) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट, काठमाण्डौ रिफर ।
८) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
९) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य , डिस्चार्ज भईसकेको ।
सकुशल उद्वार गरिएको संख्या
१) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा ।