FLASH NEWS
  • Loading...

स्पेनकी राजकुमारी भइन सेनामा भर्ना

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १२२ पटक पढिएको
स्पेनकी राजकुमारी भइन सेनामा भर्ना

कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो । यतिवेला स्पेनकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएपछि निकै चर्चाको विषय बनेकी छिन।

स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएपछि विश्वभर उनकाे चर्चा भइरहेको छ । किनभने दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्द तालिममा सहभागी हुनेछिन् । विशेष कुरा के छ भने यी राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्द तालिमका लागि शाही बिदाइ गरिएको हो ।

राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ । उनी स्पेनको सिंहासनमा लाइनमा छिन्। राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनी आफै राजकुमारीलाई छोड्न त्यहाँ गएका थिए ।

सैन्य एकेडेमीमा छोड्न आउँदा उनी निकै भावुक देखिएका थिए । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् । यदि शाही परिवारमा कुनै केटा जन्मेन भने लियोनोर परिवारको अर्को उत्तराधिकारी हुनेछन । *अन्तराष्ट्रिय संञ्चार माध्यमहरूबाट